मन्त्री नवल किशोर साहद्वारा २५ जना अपाङ्ग व्यक्तिहरूलाई व्हीलचेयर वितरण

...

कञ्चनपुर, चैत्र २४ गते ।  
नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साहले आइतवार हनुमाननगर कंकालिनी नगरपालिकामा आयोजित कार्यक्रममा २५ जना अपाङ्ग व्यक्तिहरूलाई व्हीलचेयर वितरण गर्नुभएको छ ।
सद्भावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका स्व । सिंहको ९६औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा रोयटरी क्लब काठमाडौँको सहयोगमा व्हीलचेयर वितरण गरिएको हो ।
मन्त्री साहले स्व.सिंहको स्मृतिमा प्रत्येक वर्ष सामाजिक कार्यहरू गर्दै आइरहेको बताउँदै, “आफ्नो क्षेत्रका जनतालाई सधैं केही न केही सहयोग गर्न हामी प्रतिबद्ध छौं,” भन्नुभयो ।
कार्यक्रममा कञ्चनरूप नगरपालिकाका मेयरका प्रत्याशी भोला पासवानले स्थानीय तहहरूले अपाङ्ग व्यक्तिहरूको वास्तविक तथ्याङ्क संकलन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, यस्तो तथ्याङ्कले उनीहरूका लागि प्रभावकारी नीति तथा कार्यक्रम बनाउन मद्दत पुग्ने बताए ।
त्यसैगरी, अपाङ्ग संघ सप्तरीका जिल्ला अध्यक्ष बलदेव मण्डल, हनुमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुख सरिता सिपलिया यादव लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम रोयटरी क्लब बर्दिबासका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन चितरञ्जन यादवले गर्नुभएको थियो ।
 

प्रतिक्रिया