कञ्चनपुर, चैत्र २६ गते ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका–५ स्थित बकधुवा–लोहजरा भित्री सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
राजविराज नगरपालिका–१४ का अन्दाजी ४५–५० वर्षीय हरेराम मण्डलको दुर्घटनामा परेर ज्यान गएको हो। छपकीबाट महुलीतर्फ जाँदै गरेको प्र.२–०१–००२ प. २३०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि तत्काल गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पु¥याइएको थियो। तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय महुलीका प्रमुख प्रहरी नायब निरीक्षक (प्रनानि) रामजी कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मण्डललाई उद्दार गरी अस्पताल पु¥याएको थियो।
मृतक मण्डल डिभिजन वन कार्यालय महुलीमा कार्यरत थिए। घरबाट कार्यालय जाँदै गर्दा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।
मण्डलको शव हाल गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया