अवलोकित समाचारदाता
बिरेन्द्र बजार, पुस १४ गते । सप्तरीको अग्निसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर ४ कटाहा भिडियामा निर्माणधिन एकीकृत सामुदायिक आवासको निर्माण कार्य अन्तिम चरनमा पुगेको छ ।
स्थानिय सरकार , ह्याविट्याट फर ह्युमानिटी नेपाल र महुली सामुदायिक बिकास केन्द्रको त्रिपक्षिय सहयोगमा अतिबिपन्न परिवारका लागि बन्दै गरेको ५० वटा आवासको निर्माण कार्य अन्तिम चरणमा पुगेका छ्न । ५० वटा घर मध्ये ४० वटामा छाना र बेराघेरा भईसकेको अन्य १० को फण्डिशनको काम सम्पन्न गरिसकिएको महुलि सामुदायिकका कार्यकारी सचिव प्रभु नारायण चौधरीले बताए । उनका अनुसार आगमी बैशाख मशान्तसम्म सबै घर निर्माण सकेर लक्षित समुदायलाई हस्तान्तरण गरिने बताए । घर निर्माण कार्य एक महिना भित्र सक्ने लक्षय लिएर निर्माण कार्यलाई तिब्रता दिएका छौ,महुली सामुदायिकका कार्यक्रम संयोजक लिला निरौलाले भने(सगसगै शौचालय निर्माणको कामलाई पनि साथै लगेका छौ । यसैबीच निर्माणधिन सामुदायिक आवासको आइतबार साझेदारी संस्था, स्थानीय सरकार, संचारकर्मी र सरोकारवालाले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको छ । निर्माण धिन आवासको अनुगमन गर्दै अनुगमन टोलिले समयमै काम सकेर लक्षित समुदायलाई हस्तान्तरण गर्न सुझाव दिए । उनीहरुले कम लागानीमा अकर्षक र सुबिधा सम्पन्न घर निर्माण गरेरको भन्दै सहयोगी संस्थाको प्रशंसा गरे । अनुगमन टोलिद्वारा सरकारी काम मध्येकै नमुना काम भएकोले सबै पालिकामा बिस्तार गर्नुपर्नेमा जोड दिए । अनुगमनमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु, पत्रकार महासंघका प्रतिनिधिहरु सहयोगी संस्थाका पदाधिकारी र सरोकारवालाहरुको उपस्थिति थियोे । गाउँपालिकाले स्थानीय दलित समुदाय , एकल महिला र अति बिपन्न ५० परिवार छनौट गरि सस्तोमा जोखिमयुक्त आवास निर्माण को योजना ल्याएको हो । महुली सामुदायिक बिकास केन्द्रको पहलमा गाउँपालिकाले ७५ लाख, ह्यावीट्याटको ५० लाख, सामाजिक परिचालन, युवा परिचालन, अन्यदाताबाट १५ लाख, केन्द्रबाट १० लाख गरि कुल १ करोड ४० लाखको लगानीमा ५० वटा घर निर्माण गर्न शुरु गरेको थियो । प्रत्येक घरको लागत २ लाख ८० हजार मात्र रहेको छ । कुल ३ बिगाहा ६ कठ्ठाक्षेत्रफलमा बन्दै गरेको एकीकृत बस्ती प्रती परिवार १५ धुर जगामा घर बनाईएको जनाएको छ । पार्क, बाटो बिजुली, पानी र अन्य आधारभुत आबश्यक्ताको पनि ब्याबस्था सहितको बस्ती निर्माण गरेको वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादबले जानकारी गराए ।
प्रतिक्रिया