कञ्चनपुर, चैत्र २७ गते ।
सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत दन्तकाली विशेष कार्य तालीम शिक्षालय, बरमझियामा सञ्चालित सि।सं। २३७ ९ग० सशस्त्र प्रहरी जवान आधारभूत तालीमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
कञ्चनरुप नगरपालिका–२ स्थित शिक्षालयमा आयोजित उक्त समारोह सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा नं। २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीका वाहिनीपति कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
४० हप्तासम्मको कठोर तालिम पूरा गरेका १ सय १० जना सशस्त्र प्रहरी जवानहरू दीक्षित भएका हुन् । तालीमको उद्देश्य सशस्त्र प्रहरी बलको व्यावसायिकता अभिवृद्धि गर्नुका साथै जटिल सुरक्षा चुनौतीहरू सामना गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु रहेको बताइएको छ ।
२०७५ सालमा स्थापना भएको दन्तकाली विशेष कार्य तालीम शिक्षालय सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी जवानसम्म लक्षित गर्दै आधारभूत र विशिष्ट तालिमहरू प्रदान गर्दै आइरहेको छ । नेपाल सरकारको निर्णयअनुसार २०७५ माघ २० गतेदेखि औपचारिक रूपमा शिक्षालयले आफ्नो परिचालन सुरु गरेको हो ।
दीक्षान्त समारोहमा शिक्षालयद्वारा प्रदान गरिएका तालिमका विविध पक्षबारे जानकारी दिइएको थियो । तालिममा ड्रिल, हतियार ह्यान्डलिङ, बिल्लादारी, दंगा व्यवस्थापन, नक्शा अध्ययन, प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, विपद् व्यवस्थापन, आगलागी नियन्त्रण, जल उद्धार, सञ्चार प्रणाली, मानव अधिकार, फायरिङ, आत्मरक्षा ९करेटे, जुडो, तेभ्वान्दो० लगायतका शारीरिक तथा मानसिक क्षमताविकासमा केन्द्रित पाठ्यक्रम समावेश थिए ।
तालिम दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो, जसअन्तर्गत फील्ड क्राफ्ट, ब्याटल क्राफ्ट, अपहरण नियन्त्रण, मेडिकल सहायता लगायतका विविध पक्षमा प्रशिक्षार्थीलाई दक्ष बनाइएको शिक्षालयले जनाएको छ ।
समारोहमा प्रमुख अतिथि धौवजीका साथै विशिष्ट अतिथिको रूपमा कञ्चनरुप नगरपालिका–१ का वडा अध्यक्ष रब्बान खान, वडा नं। २ का अध्यक्ष मेहेदी हुसेन शेख, वडा नं। ३ का अध्यक्ष गुल्टेन चौधरी, वडा नं। १२ का अध्यक्ष देवीबहादुर खत्री, वडा सदस्य कमल किशोर गुप्ता, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझी, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, समाजसेवी शैलेश शाह, सञ्चारकर्मीहरू तथा प्रशिक्षार्थीका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।
दीक्षान्त समारोहले प्रशिक्षार्थीहरूलाई आत्मविश्वासी, अनुशासित र कर्तव्यपरायण प्रहरीको रूपमा विकसित गर्दै सशस्त्र प्रहरी बलको गतिशीलता र व्यावसायिक क्षमतामा थप योगदान पु¥याउने विश्वास लिइएको छ ।
प्रतिक्रिया