३५ जना पिडित किसानले बुझाए पथरी सेक्टर पोष्टमा क्षतीपूर्ती माग फारम

  • पुष १५, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,पुष १५ गते । कोशीटप्पु वन्यजन्तु आरक्षवाट आएका हात्ती,बन्देल,अर्नाको आतंकले करेसावारीमा भएको क्षती स्थानियले क्षतिपूर्तीका लागि पथरी सेक्टर पोष्टमा माग गरिएको छ ।
    कोशी टप्पु आरक्षबाट भारी समुहमा आउने गरेको अर्ना, बन्देल, हात्तिबाट करिव ३५ जनाको करेसावारीमा लगाएको आलु, काउली, प्याज लगायत खाएर क्षति गरेकोले पथरी सेक्टर पोष्टमा क्षतिपूर्तिकालागि पिडितहरुले क्षतिपुर्तिमाग फारम भरी बुझाएको पथरी सेक्टर पोष्टका रेन्जर हरेराम यादवले बताए । 
    आरक्षका अर्ना,बन्देल र हात्तिबाट विभिन्न किसिमको क्षती वापत आरक्षको नियम अनुसार २०७२ साल देखी बालिनाली क्षतिपुर्ति बापत १० हजार दिने गरेको र घर गोठ क्षतिपूर्ति बापत १० हजार,समान्य घाईतेबाट ५० हजार, सशक्त घाईतेबाट १ लाख ५० हजार,मृत्यू भएको वापत १० लाख, सशक्त घाईते भएको ब्यक्तिलाई उपचार गर्न विल अनुसार रकम दिने रेन्जर यादवले बताएको छ ।
    गत बुधवार राती करिब २ बजेको समयमा कञ्चनरुप नगरपालिका ४ जगतपुर स्थित कोशिटप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको भारी समुहले ११ जनाको करेसावारीमा लगाएको आलु,प्याज,कौली लगायत खाएर क्षति गरेको थियो । क्षती हुनेमा स्थानिय प्रभुलाल यादवको ३ कट्ठामा लगाएको आलु,  कौली ,प्याज, नरायण यादव,राम देव यादव, शत्रुघन यादव,शान्ति देवी यादव,कानदेव यादव,ब्रजनारायण साह,शिवनारायण यादव,किसुन देव यादव लगायतका आलु, प्याज र कौली खाएर क्षति गरेका छन । त्यसैगरी कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर बस्ने शोभा पासमानको ३ कठामा लगाएको आलु,काउली खाएर क्षति गरेको पिडित पासमानले बताए ।

प्रतिक्रिया