अवलोकित समाचारदाता
कञ्चनपुर, पुस १५ गते । ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीका थुनुवालाई सोमबार एक कार्यक्रमको बिच न्यानो कपडा र सरसफाइका सामाग्री प्रदान गरिएको छ । स्थानीय नेपाली काँग्रेसका क्षेत्र नम्बर १का क्षेत्रीय सभापती ललन प्रसाद गुप्ताको सहयोगमा ईलाका प्रहरी कार्यालय कंचनपुरले उक्त सामाग्री प्रदान गरेको हो । ईलाका प्रहरी कार्यालय कंचनपुरद्वारा आयोजित कार्यक्रममा दाता गुप्ताले थुनुवाहरुलाई कमल १ थानको दरले १० थान, बाल्टिन ५ थान र ५ थान जग प्रदान गरे । थुनुवाहरुलाई न्यानो कपडा हस्तान्तरण गर्दै गुप्ताले सप्तरीमा बढेको ठण्डीले जनजीवन अस्तब्यत भएकोले थोरै मानवीय सहयोग गरेको बताए । उनले गरिव, बिपन्न परिवारलाई न्यानो कपडा बितरण गर्न ईच्छुक रहेको बताए । ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्राले ठ्ण्डी पीडितहरुलाई राहात र उद्वारमा प्रहरी सक्रिय रहेको बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दाताहरूको सहयोगमा ठण्डी पीडितहरुलाई न्यानो कपडा र चौक तथा बस्तिहरुमा दाउरा बितरण गरिरहेको डिएसपी मिश्राले जानकारी गराए । पत्रकार बृजमान तामाङले बिपदको जोखिम न्यूनीकरण गर्न समुदाय ( प्रहरीले गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा समेत सामाजिक सेवामा लाग्न सुझाव दिए । कार्यक्रममा स्थानीय राजनैतिक दलका नेता, सुरक्षाकर्मी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया