ईप्रका कञ्चनपुरले डेढ लाख भन्दा बढीको अबैध सामान भन्सारमा बुझायो

  • पुष १६, २0७६
  • 0
...

किशोर पासवान 
कञ्चनपुर,पुस १६ गते ।
ईलाका प्रहरी कार्यालय कंचनपुरले मंगलबार डेढ लाख भन्दा बढी मूल्य बराबरको अबैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालय सप्तरीमा बुझाएको छ ।
भारतबाट अबैध रुपमा करछ्ली गरि ल्याएको १ लाख, ६१ हजार ४ सय रुपैयाँको सामान भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको हो । ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको ,प्रहरीटोलिले अबैध सामान निकासी गरेको सुचनाको आधारमा कबिर २३ हजार २ सयको कबिर खैनी १ सय पैंतालीस प्याकेट, १ लाख, ८ हजार मुल्यको पायल खैनी ६८० प्याकेट बरामद गरेको जनाएको छ । यसैगरी  ९ हजार ६ सय मुल्यको विभिन्न रङ्गको कटन कपडा ९६ मिटर, ३ हजार मुल्यको पहेँलो रङ्गको कपडा, ८ हजार मुल्यको बर्को १६ थान, ३ हजार मुल्यको सुतिको सेतो साडी १० थान, ८ हजार ५ सय मुल्यको विभिन्न रङ्गको ट्राउजर ३४ थान गरि कुल १ लाख, ६१ हजार, ४ सयको सामान भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्राले जानकारी दिएका छ्न । पछिलो समय  ईलाका प्रहरी कार्यालय कंचनपुरले अबैध सामान बरामद गर्ने र अपराधीक गिरोहलाई नियन्त्रणमा लिन ठूलो सफलता हासिल गर्दै आएका छ्न ।

प्रतिक्रिया