जनकपुरधाम, जेष्ठ १४ गते ।
यस वर्षको गणतन्त्र दिवसको अवसरमा मधेस प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले तीन दिवसीय विविध कार्यक्रम गरि मनाईदै छ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले यस वर्षको गणतन्त्र दिवस केवल दिवसको रूपमा नभई सबै नागरिक अधिकार सम्पन्न भएको दिनलाई संस्थागत गर्न हर्षोल्लासका साथ मनाउने बताउनु भएको छ।
पहिलो दिन मन्त्रालय परिसरमा आयोजना गरेको सरसफाइ कार्यक्रम सहभागी हुदै गृहमन्त्री लेखीले जेष्ठ १४,१५ र १६ गते गरि तीन दिन सम्म विविध महत्त्वपूर्ण कार्यक्रमहरुको आयोजना गरि मनाउन लागेको बताउनु भयो ।
गृहमन्त्री लेखीको नेतृत्वमा बुधबार बिहान ६ बजे देखि नै सुरु भएको सरसफाइ कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बराल,उप सचिव गणेश नायक,कानुन अधिकृत लक्ष्मण राईलगायतका मन्त्रालयका कर्मचारीहरू सहभागी थिए ।
त्यस्तै नीति आयोगकी सदस्य डा.शिला मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको पनि सहभागिता रहेको थियो
सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीहरु सयौंको संख्यामा सहभागि भई महत्वपूर्ण योगदान गरेका थिए । आजै रक्तदानको कार्यक्रम समेत मन्त्रालयले जनाएको छ।
त्यसै गरि गृह मन्त्रालयले दोस्रो तथा महत्त्वपूर्ण दिन जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेशभरिका १३ जना प्रेस स्वतन्त्रता सेनानीहरुलाई मुल समारोहको आयोजना गरि औपचारिक रुपमा अभिनन्दन गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखीले जानकारी गराउनु भएको छ। स्वतन्त्रता सेनानीहरुले पत्रकारिता मार्फत निरङ्कुश शासनविरुद्ध आवाज उठाएको र लोकतन्त्रको जग मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएकोले वहाँहरुलाई सम्मान गर्न लागेको लेखीले बताए । गृहमन्त्री लेखीले भने-"सञ्चारकर्मीहरूको सम्मानमा समर्पित कार्यक्रम ऐतिहासिक रुपमा महत्वपूर्ण हुने छ।"
गृहमन्त्री लेखिका अनुसार गणतन्त्र नै सबैभन्दा उत्तम तन्त्र हो भन्ने सन्देश जनस्तरमा सशक्त रुपमा पुगोस् भन्ने उद्देश्यले विविध कार्यक्रम गरि मनाउन लागेको हो।
त्यस्तै पुर्व निर्धारित तालिका अनुसार जेष्ठ १६ गते बिहान जनकपुरधाम स्थित रहेको विश्व प्रसिद्ध माता जानकीको मन्दिर प्राङ्गणमा सरकसफाई कार्यक्रम र त्यस पछि मानव सेवा आश्रममा निशुल्क खाना खुवाईने कार्यक्रम रहेको प्रदेश सचिव बरालले बताए ।
प्रतिक्रिया
* * * <a href="https://qiblah.com.kw/index.php?gez9kr">Win Free Cash Instantly</a> * * * hs=fb9e5e170fb14fa1d4fbb4bd5a5fb9b6* ххх*
२0८२ जेष्ठ ३१ गते १:४५
mt33qf
जवाफ दिनुहोस्
* * * Snag Your Free Gift: https://qiblah.com.kw/index.php?gez9kr * * * hs=fb9e5e170fb14fa1d4fbb4bd5a5fb9b6* ххх*
२0८२ जेष्ठ ३१ गते १:४५
mt33qf
जवाफ दिनुहोस्