किशोर पासवान
कञ्चनपुर,पुस २० गते । कन्चनरुप नगरपालिका–२ बरमझिया स्थित मिथला कृषि सहकारी संस्था लिमिटेड सप्तरीको ८ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
मिथिला कृषि सहकारी संस्था बरमझियाका अध्यक्ष राजेन्द्र प्रसाद यादवको अध्यक्षता तथा कन्चनरुप नगरपालिकाकी उप नगर प्रमुख निरु पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति पोखरेलले परमपरागत रुपले कृषि गरेर हुदैन,नयाँ प्रविधिबाट कृषि क्षेत्रमा लाग्नु पर्ने बताएकी छिन् । सहकारीहरु बाट नगरपालिकामा कृषि सम्बन्धि कार्यक्रमहरुको माग लिएर आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उप–प्रमुख पोखरेले बताईन ।
कञ्चनरुप नगरपालिका भित्र हात्ती आंतकले कृषकहरु पिडीत रहेको बताउँदै कृषि उत्पदान घट्ने बताईन । सम्पन्न कार्यक्रममा मिथला कृषि सहकारी संस्था लिमिटेडका शेयर सदस्य उपेन्द्र यादव,अन्नपूर्ण बहुमुखि क्याम्पसका प्रमुख सुदम्वर यादव,कञ्चनरुप नगरपालिका कृषि विकास शाखा कञ्चनपुरका बेचन सढोक यादव,जिल्ला सहकारी संघका प्रवक्ता रमेश प्रसाद गुप्ता, कञ्चनरुप नगरपालिका वडा नं १ का वडा अध्यक्ष करिम शेख र वडा नं. ३ का वडा अध्यक्ष सत्यनारायण साह,बाल रोग विशेषज्ञ डा. भोला प्रसाद गुप्ता लगायतका बक्ताहरुले आ आफनो मंतब्य दिएको थिए ।
त्यसै गरी कञ्चनरुप नगरपालिका २ स्थित नोबेल कृषि सहकारी संस्था लिमिटेड बरमझिया सप्तरीको १२ औ सधारण सभा सम्पन्न भएको छ । उद्घाटन समारोह नोबेल कृषि सहकारी संस्थका अध्यक्ष बैजु बाबरा गुप्ताको अध्यक्षता तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुदख मिश्रले सहकारी संस्थाहरुको मार्फतबाट धेरै कामहरु हुन सक्ने बताए । कञ्चनरुप नगरपालिकाकी उप नगर प्रमुख निरु पोखरेलले कृषि क्षेत्रलाई अगाडी बढाउन यस नगर भित्रका जनताहरुसंग सहकार्य गरेर अगाडि बढनुपर्ने आग्रह गरिन ।
नोबेल कृषि सहकारी संस्थालाई निरन्र्ता कायम राख्नु पर्ने सहकारीहरुमा जुन सुकै पार्टीका भए पनि एक रुपता राख्न सम्पुर्ण शेयर सदस्य र सदस्यहरुमा आग्रह गर्दै भने कञ्चनरुप नगरपालिकाका वडा नं. १,२ र १० पेडा उत्पादन भएकोले एसियाको प्रसिद्ध रुपमा चिन्ने गरेको बताएको छ ।
सम्पन्न कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नं. ३ का वडा सदस्य ओम प्रकाश साह,बालरोग विशेषज्ञ डा. भोला प्रसाद गुप्ता,कञ्चनरुप न.पा. वडा नं १० का वडा अध्यक्ष दिलिप चौधरी,कृषि विकास शाखा कञ्चनपुरका बेचन सढोक यादव लगायत मंतब्य दिएका थिए ।
प्रतिक्रिया