अवलोकित समाचारदाता
फत्तेपुर,पुस २० गते । सप्तकोसी नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको बृहत छाला रोग शिबिर शनिवार फत्तेपुरमा सम्पन्न भएको छ । लालगढ कुष्ठरोग अस्पताल धनुषाको सहकार्यमा संचालित उक्त शिबिरमा ६७ पुरुष र १ सय ४४ महिला गरि कुल २ सय ११ जनाले स्वास्थ्य परिक्षण गराएको स्वास्थय चौकी फत्तेपुरका इन्चार्ज राजकुमार दासले बताए । शिबिरमा लालगढ कुष्ठरोग अस्पतालकी डा. प्रकृति सुवेदीले बिरामीको स्वास्थय परिक्षण गरेकी थिइन।
प्रतिक्रिया