नगरपालिकाभित्र कुनै पनि नागरिक भोकै बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ : नगरप्रमुख थापा

  • पुष २0, २0७६
  • 0
...

अवलोकित समाचारदाता
बेलका(उदयपुर),पुस १८ गते ।
उदयपुरको बेलका नगरपालिका नगरप्रमुख दुर्गाबहादु थापले नगरपालिकाभित्र कुनै पनि नागरिक भोकै बस्नु पर्ने अवस्थाको अन्त्य भएको बताए ।
युरोपियन यूनियनको आर्थिक सहयोग,आसमान नेपालको नेतृत्वमा एंव वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोगमा दलित सरोकार मञ्च नेपालले शुक्रबार सप्तरीका विष्णुपुर गाउँपालिकाका कार्यपालिका सदस्य र कर्मचारीहरुलाई सिकाई भ्रमण पश्चात आयोजित अन्तक्रियामा नगरप्रमुख थापाले सो कुरा बताएका हुन् ।


‘नगरपालिका भित्र एक जना व्यक्ति आधा पेट खाएर सुत्नु पर्ने अवस्थाको अन्त्य भइसकेको छ ।’ नगरप्रमुख थापाले भने,नगरपालिका भित्र किसानले उत्पादन गरेको सबै उत्पादन नगरपालिकाले खरिद गर्छ । किसानको काम हो उत्पदान गर्ने नगरपालिकाको काम त्यसलाई बजारीकरण गर्ने ।’
बेलाका नगरपालिकाले किसानले उत्पादन गर्ने गुन्द्रुकदेखी खसीबोकासम्म खरीद गर्छ । नगरप्रमुख थापाले भने,नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतमा राखेर काम गरीरहेको छ ।’
कृषिमा चक्लाबनदी,सामुहिक खेती,सोलारबाट सिचाईको व्यवस्था गर्नुका साथै किसानको वर्गिकरण गरेर किसान परिचय पत्र बितरण गरेको छ । किसानलाई परिचय पत्रको आधारमा कृषि अनुदानको व्यवस्था गरिएको नगरप्रमुख थापाले बताए ।
शिक्षा क्षेत्रमा पनि बेलका नगरपालिकाले उत्कृष्ट काम गरेको छ । विद्यालयलाई स्मार्ट कक्षा संचालन गरिएको छ । विद्युत पुगेको सबै विद्यालयमा स्मार्ट कक्षा संचालनगरिएको छ ।
  नगरप्रमुख थापाले नगरपालिकाले दुई दर्जनभन्दा बढी ऐन,कानून,नियमावली बनाई सकिएको छ । विष्ष्णुपुर गाउँपालिका अध्यक्ष निलाम्बर यादबले बेलका नगरपालिकाले गरेको कामबाट धेरै कुरा सिक्न सकिने बताए । मधेशको परिवेश फरक रहेकोले पनि विकाश निमार्णमा समस्या आउने गरेको अध्यक्ष यादबले बताए ।

सो विष्णुपुर गाउँपालिकाका भ्रमण टोलीलाई बेलका नगरपालिकाको लगानीमा मुसहर समुदायले सामुहिक तरकारी खेती,सोलारबाट सिचाईको ब्यबस्था,कृषि प्रदर्शनी क्षेत्र लगायत ठाउँ निरिक्षण भ्रमण गरिएको थियो ।

अवलोकन बार्षिक भ्रमण टोलीमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव,उपाध्यक्ष जंजिरा देवी यादव,वडाध्यक्षहरु,निमित प्रमुख प्रशासकिय प्रमुख,कार्यपालिका सदस्यहरु र गाउँसभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

सोही टोलीमा दलित सरोकार मञ्चका निर्देशक भोला पासवान,जिल्ला संयोजक राजकुमार पासवान र लेखा अधिकृत अमित गुप्ता समेतले भ्रमण टोलीको नेतृत्व गरेका थिए । 

प्रतिक्रिया