डस्टबिनको फोहर एक महिनादेखि नउठाउदा नगरका चौकहरु दुर्गन्धित

  • पुष २२, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,पुस २२ गते ।
कञ्चनरुप नगरपालिले विभिन्न चौकहरुमा फोहर फाल्न राखेको डस्टबिनको फोहर एक महिनादेखि नउठाउदा नगरका चौकहरु दुर्गन्धित हुन थालेका छन् ।
    नगरपालिकाको कञ्चनपुर वेरियरमा फोहरसंगै घरको पानी निकासा समेत गरेकोले झन दुर्गन्ध बढेको स्थानियहरुलाई तथा यात्रीहरुलाई सास्ती बेहोर्नु परेको छ । 
    महिना बित्दा पनी कञ्चनपुर वेरियर,बजार,महादेपट्टी, बलुवा, बरमझिया, ठेलिया, लगायतका चौकमा कुहिने र नकुहिने फोहरका लागि डस्टबिन उपल्बध रहेता पनी डस्टबिनमा फोहर उठाइएको छैन ।


    एक महिना वित्दा पनि नगरपालिकाले फोहर संकलन नगर्दा गन्हाएर चौकमा बस्नै नसक्ने गरी दुर्गन्धित भएको स्थानीयबासी बिरु गुप्ताले गुनासो गरे । ‘कञ्चनपुर बेरियरमा डस्टविन भरिएको एक महिना हुन लाग्नेको छ यसबारेमा नगरपालिकालाई ध्यान पुगेको छैन । नगरपालिकाले फोहर फ्याल्ने ठाँउ नभएको बाँहान बनाउदै आलटाल गरीरहेको छ ।’गुप्ताले भने ‘ नगरपालिकाले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई राखेको छ,तर चौकमा जम्मा भएको फोहोर उठाउने ध्यान पु¥याएको छैन । फोहरले वतावरण समेत दुषित हुने गरेको छ । 

प्रतिक्रिया