कञ्चनरुप नगरपालिका प्रअ तथा शिक्षकलाई विपन लक्षित छात्रवृत्तिबारे तालिम

  • पुष २२, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर,पुस २२ गते ।
दलित सरोकार मञ्च नेपालले कञ्चनरुप  नगरपालिकामा सोमबार विपन्न लक्षित छात्रवृति (पिएमटी) भर्नको लागि प्रधानाध्याप तथा कमप्युटर शिक्षककहरुलाई तालिम दिएको छ ।
कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालको अध्यक्षताम सम्पन्न तालिममा ९वटा विद्यालयका प्रअ एवं कमप्युटर शिक्षक र  शिक्षा शाखाका संयोजक लगायतको सहभागितारहेको थियो ।
    प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले सवै विद्यालयका प्रअहरुलाई पिएमटी फारम सम्बन्धि तालिम लिएर विपन्न विधार्थीहरुलाई गम्भिरतापूर्वक छात्रवृति भर्न निर्देशन दिएका    थिए । दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवान र सुचना अधिकृत सुनिल कुमार सरवरियाले पिएमटी फारम भर्न प्रशिक्षण दिएका थिए । शिक्षा विभागवाट प्राप्त हुने उक्त छात्रवृती विद्यालय कोडवाट भर्ने व्यवस्था छ । कक्षा ८ र १० का सवै विधार्थीले फारम भर्न सक्छ ।         

त्यस मध्ये गरिव विधार्थी छनौट गरेर कक्षा ९ मा वार्षिक ६ हजार र १० का विधार्थीले कक्षा ११ मा विज्ञान विषय पढेमा २४ हजार र अन्य विषय अध्ययन गर्ने विधार्थीहरुलाई १८ हजार छात्रवृती दिने व्यवस्था छ । दलित सरोकार मञ्चले यसअघि १८ ओटा पालिका प्रअ एवं शिक्षकलाई यससम्बन्धी तालिम दिइसकिएको छ । तालिम पश्चात सहभागिहरुले तालिम प्रभावकारी भएको र सबै विद्यार्थीहरुलाई पुस मसान्त भित्र फारम भर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रतिक्रिया