किशोर पासवान
कञ्चनपुर,पुस २३ गते । कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर स्थित चन्द्र नहर सिचाई प्रणाली जल उपभोक्ता संस्था बरमझीया हाल कञ्चनपुरको वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
चन्द्र नहर सिचाई प्रणाली जल उपभोक्त संस्था बरमभीयाका मुल समितीका अध्यक्ष बद्री माहात्मानको अध्यक्षता तथा प्रदेश २ का पूर्व युवा खेलकुद मन्त्री तथा प्रदेश सांसद सत्यनारायण मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएका छन ।
सम्पन्न साधारण सभामा बोल्दै प्रदेश सांसद मण्डलले चन्द्र नहरका जग्गा ठाउँ ठाउँमा अतिक्रमण भईरहेको छ । तर यस प्रति नहर डिभिजनका प्रमुखलाइ ध्यान नपुगेको बताए । उनले चन्द्र नहर सिचाईलाई हामी सक्दो सहयोग गर्ने बताए ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले चान्दनी चौक नजिक चन्द्र नहरका पुलको जिर्न अवस्था रहेको छ । कैयो पटक भन्दा मुल समितीका अध्यक्ष बद्री माहात्मानलाई कुनै वास्ता नगरेको गुनासो गरेका थिए ।
उक्त सम्पन्न कार्यक्रमा पूर्व रुपनगर गा.वि.स.उपाध्यक्ष भुवनेश्वर यादव, पूर्व कमलपुरका गा.वि.स.अध्यक्ष रामनारायण यादव,ईलाका प्रहरी कार्यालय कार्यालय प्रमुख मकेन्द्र कुमार मिश्र,कञ्चनरुप नगरपालिकाकी उप नगर प्रमुख निरु पोखरेल,भरत राज शर्मा,रोजिक शेख लगायत आ –आफनो स्वागत मंतब्य दिएको थिए ।
प्रतिक्रिया