कञ्चनरुप नगरपालिकामा दुई आर्थिक वर्षको आयव्य अझै सार्वजनिक भएन, सिरहाको नहरा गाउँपालिकामा काग्रेसले आन्दोलन गरेपछि दुई आर्थिक बर्षको आय–व्यय पत्रकार सम्मेलन गरेर सार्वजनिक

  • पुष २४, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर पुस २४ गते ।
कञ्चनरुप नगरपालिकाले दुई आर्थिक वर्षको आय–व्यव सार्जजनिक गर्न सकेको छैन । नगरपालिकाले गत आर्थिक वर्ष समाप्त भएको ६ महिना बित्दै लाग्दा समेत आय–व्यय सार्वजनिक गर्न सकेको छैन ।
    आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६मा नगरपालिकाले आय–व्यय सार्वजनिक गर्न सकेको छैन । हरहिसवा नदेखाएको भन्दै विगत लामो समयदेखी नगरकार्यपालिकाको बैठक बस्न सकेको छैन । दुवै आर्थिक आर्थिक वर्षमा योजना अनुसारको बजेट कति खर्च भयो ? विषयगत रुपमा हेराउनु पर्ने माँग कार्यपालिका सदस्यहरुको  छ । तर नगरपालिकाले हरहिसाब तयार गर्दैछ भन्दै टार्दै आएको छ । वडा नम्बर ७का वडाअध्यक्ष हरिकृष्ण महतोले कार्यपालिकामा पटक पटक हरहिसाब देखाउन माँग गरेपनि अहिलेसम्म देखाइएको छैन ।  कार्यपालिका सदस्य अनन्तलाल धामीले भने,‘हामी नगरकार्यपालिकामा आय–व्य सार्वजनिक गर्न भन्दा–भन्दा थाकिसक्यौं तर अहिलेसम्म थाह पाएका छैनौं । सर्वसाधरणको अवस्थाको के कुरा गर्ने ?’
    कञ्चनरुप नपा–७का वडाअध्यक्ष हरिकृष्ण महतोले नगरपालिकाले कार्यपालिका बैठकमै आय–व्यय सार्वजनिक गर्न नसक्नु दुःखद पक्ष रहेको बताए । आय–व्यय सार्वजनिक गनृ भन्दै कार्यपालिका सदस्यहरुले महिनौंसम्म बैठक अबरुद्ध गर्दै आएमा थिए । स्रोतका अनुसार वडा कार्यलयहरुलाई वडा कार्यालय संचालन खर्च दिएर फकाएपछि कार्यपालिकाको बैठक बस्न सुरु भएको थियो ।
    कञ्चनरुप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले नगरपालिकामा आय–व्यय लगभग तयार भइसकेको बताए । उनले भने,‘अब चाडै मलेप हुन्छ । त्यसपछि सबै सार्वनिक गर्छौ,पत्रिकामा पनि प्रकाशित गर्दछौ ।’
    पछिल्लो पटक नगरपालिकाले शिक्षा समिति गठन नै नगरी कानून विपरीत निजी विद्यालयको कक्षा थपको निर्णय गराएका थिए । आजको बैठकमा शिक्षा समिति गठनको कुरा पनि उठ्ने एक कार्यपालिका सदस्यले अवलोकितलाई बताए ।

बिपक्षी लागेपछि सिरहाको नहरामा आय–व्यय सार्वजनिक

सिरहाको नरहा गाउँपालिकाले मंगलबार दुई आर्थिक वर्षको आय–व्यय सार्वजनिक गरेको छ । गाउँपालिकाले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ को आयव्यय सार्वजनिक गरेको हो । गाउँपालिकामा निर्वा्चित जनप्रतिनिधी सहित विपक्षी नेपाली काँग्रेस लगायतले आर्थिक पारदर्षिताको माग गर्दै आन्दोलन गर्दै आएको थियो । 
    गाउँपालिका अध्यक्ष रामशरण यादवले दुई आर्थिक वर्षको आयव्यय सार्वजनिक गरेका हुन । ‘विपक्षीहरुले पारदर्षिताको माग गर्दै आएको छ । हामीले आज पत्रकार सम्मेलन बाँकी अन्तिम पेजमा गरी हरहिसाब सार्वजनिक गरेका छौं,’ गाउँपालिका अध्यक्ष यादवले बताए । आर्थिक वर्ष २०७४/०७५ मा २१ करोड ९६ लाख १ हजार ४३ मध्ये १७ करोड ३६ लाख ३१ हजार ९७ रुपैयाँ खर्च भएको विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १९ करोड ६४ लाख ९९ हजार ३८४ मध्ये १५ करोड ७० लाख ७८ हजार ६ सय खर्च भएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामाले बताईन् । चालू आर्थिक वर्ष २०७६र०७७ को ६ महिना वित्न लाग्दा पनि नरहा गाउँपालिकाको सभा हुन सकेको छैन् । चालू आर्थिक वर्ष २०७६/०७७ मा २८ करोड ३ लाख ८९ हजार ९२ रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया