किशोर पासवान
कञ्चनपुर,पुस २४ गते । कञ्चनरुप नरगपालिका–१२ स्थित शंकर माध्यमिक विद्यालयले रुपनगरले बुधबार ६८ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले ६८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो ।
कञ्चनरुप नगरपालिका भित्र शंकर माध्यमिक विद्यालयले रुपनगर मात्रै यस्तो विद्यालय हो जसले बार्षिकोत्सव मनाउँने गर्दछ । कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनरुप नगरपालिका प्रमुख मिश्रले भने,‘ म मेयर भ्रष्टाचारको ‘भ’सुन्न चाहिदिन र मैले एक रुपैया भ्रष्टाचार गरेको कसैले पतालगायो भने म मेयरको पदबाट राजिनामा दिन तयार छु ।’ विद्यालय संख्यात्मक रुपमा वृद्धि भएको छ अब गुणात्मक बनाउनजोड दिनु पर्ने भन्दै कञ्चनरुप नगरपालिकाले बालबालीका क्षेत्रमा प्रगति गर्न सकेमात्र नगरको प्रगति हुने बताए ।
नगरभित्रका विद्यालयमा शिक्षक अपुग रहेको भन्दै नगरप्रमुख मिश्रदले शिक्षक भर्नाका लागि कञ्चनरुप नगरपालिकाले ५३ लाख बजेट छुट्याएको बताए । नगरपालिकामा विद्यालय भवन बनाउछु जस्तो सुकै मुदा लागेपनि बेहोर्ने तयार रहेको नगरप्रमुख मिश्रले दावी गरे ।
८० जना विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी प्रदान
बार्षिकोत्सवको अवसरमा रोटरी क्लव अफ पाटन वेस्टका तर्फबाट विद्यलालयमा अध्ययनरत १४३० विद्यार्थी मध्येबाट विपन्न , गरिव, जेहन्दार ८० जना विद्यार्थीलाई विद्यालय पोशाक र स्वीटर तथा एक सय जनालाई स्टेशनरी प्रदान गरिएको थियो । उक्त पोशाक तथा स्टेशनरी सामान क्लवका पूर्व अध्यक्ष प्रदिप मान बैद्य तथा निर्वमान अध्यक्ष सुरेन्द्र शाहि ठकुरीले संयक्क्त रुपमा विद्यालयका प्रअ गंगा प्रसाद साहलाई हस्तान्तरण गरेका थिए । प्रअसाहले वर्षिक अर्थिक प्रतिवेदन पेश गर्दै कूल एक करोड २५ लाख १६ हजार ९ सय ६४ रुपैया खर्च भएको र १९ लाख ५ हजार २६रुपैया बजचत रहेको जनाएको थियो ।
कार्यक्रममा वार्षिक परिक्षामा कक्षा गत रुपमा प्रथम दोश्रो तेश्रो हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयलाई विविधरुपमा सहयोग तथा १० ब्यक्तिवहरुलाई दोसला ओढाएर सम्मान गरिएको थियो ।उक्त कार्यक्रममा जि.शि.अ. फडिन्द्र खत्री विद्यालय संस्थापक स्वर्गीय कुमारलाल श्रेष्ठका छोरा पूर्व डिआईजि डा. प्रमलाल श्रेष्ठ , कञ्चनरुप न.पा कि उप–प्रमुख निरु पोखरेल, छिमेकि विद्यालयका प्रअहरु एवम् विद्यालयमा विद्यार्थी , अभिभावक स्थानिय शिक्षा प्रेमी बुद्धिजिवी समजसेवी चन्दादाता, जग्गादाताहरुको उपस्थितिरहेको थियो । २००८ सालको स्थापनाकाल देखी नै हजारौं दक्ष जनशक्ति तयार गरेर समाजलाई मात्र नभई देशलाई ठूलो योगदान दिएको भन्दै वक्ताहरुले प्रशंसा गरे । उक्त कार्यक्रम कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्तकुमारको प्रमुख आतिथ्यमा तथा तथा कञ्चनरुप नगरपालिका ९ वडाका अध्यक्ष तथा विल्द्यालय ब्यवस्थापन समितीका अध्यक्ष लक्षमण यदवको अध्यक्षमा सम्पन्न भएको थियो । विद्यालयका अध्ययनरत विद्यार्थीले विभिन्न गित संगगितमा नितृय प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया