जनकपुरधाम, असार ११ गते ।
मधेस प्रदेशका गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मैले देशमा रहेको बिद्यमान ऐन कानुन बमोजिम नै एउटा दलित र थारुलाई राजनैतिक पदमा नियुक्त गर्दा मधेस प्रदेशभर खैलाबैला मच्चिएको बताउनु भएको छ।
सरकारका प्रवक्ता समेत रहनु भएको मन्त्री लेखीलेआम सञ्चार प्राधिकरण मधेस प्रदेशले बुधबार धनुषामा आयोजित अनलाइन सञ्चार माध्यमका सम्पादकहरुको लागि तीन दिवसीय अभिमुखिकरणको समुद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो।
मन्त्री लेखीले भने -"मधेस प्रदेशमा विभिन्न समिति,आयोग,प्रतिष्ठानहरुमा सयौंको संख्यामा भएको नियुक्तिमा मैले एक जना थारुलाई अध्यक्ष र एक दलितलाई सदस्यमा नियुक्ति गरेको बिषय लिएर लेखीले यो के गर्न खोजेको हो भनेर मधेस प्रदेशभरका राजनैतिक तरङ्गीत बनेका छन्।"
मन्त्री लेखीले अगाडि भने - म कसै संग डराउने र कसैको अगाडि झुक्नेवाला व्यक्ति होईन भन्दै नेपालको संविधान,प्रचलित ऐन,कानुन र नियमहरुमा व्यवस्था भए बमोजिम नै गर्ने बताउनु भएको छ ।
गृहमन्त्री लेखीले भने बर्षौ बर्ष देखि यहाँका दलित,थारु,आदिवासी जनजाति,मधेसी लगायतका पछाडि पारिएका र राज्यको मुलधारबाट बाहिर रहेको वर्ग समुदायहरुलाई अधिकार दिलाउन कुनै कसर बाकी नराख्ने समेत बताए।
उनले राजनैतिक दल र तिनका भातृ संगठनहरु पनि समावेशी नरहेको जिकिर गर्दै नेताहरू समावेशीको खोक्रो भाषण मात्रै गर्न नहुने बताउदै राज्यका हरेक निकाय अनिवार्य रूपमा पुर्णसमावेशी हुनु आवश्यक छ भन्नू भयो।
वहाँले सम्बोधनको क्रममा अहिले जनतामा प्रदेश चाहिदैन भन्नुको सट्टा प्रदेशलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनु पर्छ भन्ने तर्फ जनदबाब बढाउनु पर्ने आवश्यकता रहेको बताए ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदका प्रेस सल्लाहकार अवधेस कुमार झा,चलचित्र तथा लोक सञ्चार प्रबर्द्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखी विशिष्ट अतिथि रहेका थिए भने अतिथिहरुमा मिडिया काउन्सिलका सदस्य मन्नु कुमार पासमान र सुरेश यादव लगायतका व्यक्तिहरु रहेका थिए ।
प्रतिक्रिया