आज कोशी मेला लाग्दै,तिरहुत गाउँपालिकाका अध्यक्ष यादवद्धारा मलकौरमा मन्दिर निमार्ण

  • पुष २५, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर,पुस २५ गते ।
कञ्चनरुप नगरपालिका–१ मलकौर स्थित कोशी बाँधको पूर्वपटट्टी तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त बहडखेर(मनोज)ले  करिब ५ लाख लागतमा मन्दिर निमार्ण गरेको छ ।
    स्वर्गिय रघु बहरखेरको नाती भरत लाल बहरखेरको छोरा तिरहुत गा.पा. अध्यक्ष हेमन्त कुमार बहरखेरले कोशी माताको मन्दिर निमार्ण गरेका हुन् ।
    मन्दिर निर्माणकर्ताको नामाकरण आफना  हजुरवुवा रघु बहडखेरको नाममा गरीने उनले  बताए । कुनै समयमा आफना गाई भैंसी चराउन कोशी टप्पुमा दिनहुँ रहनेहुदा यसक्षेको प्राप्त अवलोकनले प्रभावकारी तथा भावी सन्ततीलाई हीतकर बनाउन खेलेको भुमिको कदर गर्दै हजुरवुवाको नाममा मन्दिर  नामाकरण गर्ने अध्यक्ष यादवले बताए । स्थानीय बिनोद कर्णले मन्दिर पूर्णरुपमा सम्पन्न भइसकेको बताए । सांस्कृतिक कार्यक्रम सहित भव्य मेला लाग्ने भएकोले सबैलाई मेलाको लाभ उठाउन कर्णले आग्रह   गरे ।
     यसैगरी  कञ्चनरुप नगरपालिका ४ स्थित झनकट्टा, सप्तकोशी गरपालिका १० स्थित कमलपुर मेजरीन चौरीया र कंकालनी हनुमाननगर नगरपालिकाका कोशी ब्यारेजमा आज विभिन्न कार्यक्रम गरी भब्यतासाथ कोशीमेला लाग्ने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया