कञ्चनरुपमा हात्ती आतंकले लाखौं क्षति, हात्ती आतंक रोक्न मौरीपालन गर्ने योजनामा अग्नीसाईर गाउँपालिका

  • पुष २५, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर,पुस २५ गते ।
 सप्तरीको कंचनरुप नगरपालिका १२ धरमपुरमा बुधबार राती आएको हात्तीको एक हुलले आतंक मचाएका छन् । पछिल्लो पटक हात्तीको समूह कञ्चनरुप नगरपालिका,शम्भुनाथ नगरपालिका तथा अग्निसाइर कृष्णसवरन गाउँपालिका लाई सर्बसाधरणलाई दैनिक दुःख दिने गरेको छ । चुरेको दक्षिणी भेगका बस्तीमा पछिल्लो करिब एक दुई महिनादेखि दैनिक जसो आरक्षबाट निस्कने हात्ती प्रवेश गर्ने र स्थानीयका घर र बालिनाली क्षति गरिदिने गरेको छ ।
    कोशी टप्पु बन्य जन्तु आरक्षबाट खानाको खोजीमा निस्कने जंगली हात्ती पछिल्लो समयमा सप्तकोशी नदी पारीको सप्तरीका मध्यवर्ती क्षेत्रका गाउँबस्तीहरुका प्रवेश गरेर वितण्डा मच्याउने क्रम बढेर गएको छ ।
    पछिल्लो पटक गाउँ नजिकैको बनक्षेत्रमा बस्दै आएको ६ वटाको संख्यामा बुधबार राती आएको हात्तीको हुलले स्थानीय कौशलराज उपाध्याय पोखरेलको घर तोडफोड गरि लाखौंको धनमालमा क्षति गरेको हो । मध्यरातमा ७ वटाको हुलबाँधेर आएको हात्तीले घर भत्काएर चार बोरा धान, फापर, पानी टंकि र खेतमा लगाएको गहु गरि ८० हजार भन्दा बढी धनमाल नष्ट गरेको पीडितले बताए । यसैगरी सोही हात्ती को हुलले अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ को नयाँ बास्तीका टिकाराम अर्यालको घरमा तोडफोड गरेको छ । हात्तीले घरको टाटि भत्काएर भण्डारण गरि राखेको खाधान्न, आन्नपातमा खाएर र कुल्चेर नष्ट गरेको स्थानीय वीर बहादुर मगरले बताए । 
    मगरका अनुसार सोही रात वडा नम्बर ६ कै अमर दाहालले २ कठ्ठामा लगाएको आलु हात्तीको हुल पसेर खाएर र कुल्चेर नष्ट गरेको छ । कोशीट्प्पु बन्यजन्तु आरक्षणबाट निस्केको जंगली हात्तीको विभिन्न हुल गरि ४ दर्जनले बिगत ५ बर्षदेखे ठूलो जनधनको क्षति गर्दै आतंक मच्चाएको स्थानीयले जनाएको छ । सप्तरीको सप्तकोसी, कंचनरुप, अग्निसाईर कृष्णासवन,रुपनी, खडक, सुरुङ्गा सहितको उत्तरी क्षेत्रका स्थानीय तहमा हात्ती आतंकका कारण दर्जनौं बस्तिहरु पलायन भैसकेका छ्न भने धेरै बस्तीटोलहरु बिस्तापित हुने आबस्थामा रहेको छ । हात्तीले दैनिक दर्जनौ घर तोडफोड गरि बस्तीहरु पलायन हुदा र किसानहरूले बालिनाली लागाउन छोड्दा समेत सरकार र सरोकारवाला भने मौन बसेका छ्न । हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरु ज्यान लिने डरले    रातभर जागाराम बस्न बाध्य भएका छ्न । यसअघि सुनसरतर्फ मात्रै धेरै क्षति पु¥याउँदै आएको जंगली हात्ती पछिल्लो समयमा आरक्षले हात्तीसार उदयपुर सप्तरीको सीमा क्षेत्रमा सारेपछि जंगली हात्ती आरक्ष पश्चिम र उत्तरतर्फ लागेको हो ।
    सुनसरी जिल्लामा भने पछिल्ला दुई महिनामा जंगली हात्तीको आक्रमणको घटना एक दमै न्यून बन्दै गएको छ । आरक्षको हात्तीसारमा पालिएका ढोई हात्तिको संसर्गका लागि आउने जंगली हात्ती हात्तीसार सारेसँगै उतैतिर बढी समय बिताउने गरेको माउतेहरु बताउँछन ।
    पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडंोफोड गरेको छ ।
    मध्यरातमा आएको हात्तीले गाउँपालिका कार्यालयसँगै जोडिएको वडा नं २ मा १ र वडा नं ४ का २ घर गरी तीन घरमा तोडफोड गरी क्षति गरेको पीडितहरुले जनाएका छन् ।
तीन वटाको समूहमा आएको ती हात्तीले आक्रमण गरी चामल, तोरी, तरकारी दाल, फर्निचर, घर र  तरकारीबाली गरी रु ६० हजार बढीको धन सम्पत्ति खाएर र कुल्चेर नष्ट  गरेको जनाइएको छ । उनीहरुले घरमा खानका लागि जोहो गरेर राखेको अन्नपातसमेत हात्तीले खाइदिएको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अझैसम्म हात्तीको आतंक नरोकिएपछि स्थानीयवासी दैनिक चिसोको बेला         राति जाग्राम बस्नुपरेको पीडित बताउँछन् ।
हात्ती आतंक रोक्न मौरीपालन गर्ने योजना
    सप्तरीको उत्तरपूर्वी भेगमा हात्तीले गर्दै आएको क्षति कम गर्न स्थानीय सरकारले मौरीपालनको योजना ल्याउन लागेको छ ।
    कानून अभावका कारण दीर्घकालीनरूपमा जङ्गली हात्ती नियन्त्रण गर्न समस्या थपिएपछि विज्ञहरुको सुझावमा मौरीपालनको आयोजना अघि बढाइएको अग्निसाइर कृष्णसवरन गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए । विज्ञहरुसँग सुझाव सङ्कलन गर्दा विश्वकै परिप्रेक्षमा जङ्गली हात्ती नियन्त्रण गर्न कुनै पनि ठोस विकल्प नरहेको भन्दै प्रभावित क्षेत्रमा मौरीपालन गरेर क्षति कम हुने भएकोले सोही योजना कार्यान्वयन गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया