जनमत पार्टीको ज्ञापनपत्र बेवास्ता गरेको आरोप, कञ्चनरुप नगरपालिकासँग जवाफ माग

...

कञ्चनरुप, सप्तरी —* जनमत पार्टीले कञ्चनरुप नगरपालिकाले बुझाइएको ज्ञापनपत्रलाई बेवास्ता गरेको आरोप लगाएको छ। पार्टीका अनुसार नगर प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले १० दिनसम्म पनि कुनै प्रतिक्रिया नजनाएकाले गम्भीर असन्तोष व्यक्त गरिएको छ।
 
गत असार ४ गते बुधबार पार्टीका नगर अध्यक्ष मनोज कुमार शाह, उप–मेयर पदकी उम्मेदवार सम्झना राणा मगर चौधरी, मुकेश मैरता लगायतको टोलीले १० बुँदामा आधारित मागसहित ज्ञापनपत्र बुझाएका थिए। तर अहिलेसम्म नगर प्रमुख वा प्रशासकीय अधिकृतबाट न औपचारिक प्रतिक्रिया आएको छ, न त कुनै छलफल भएको जनाइएको छ।
 
जनमत पार्टीका नगर युवा अध्यक्ष मोहम्मद कालूका अनुसार, असार १६ गते प्रमुख प्रशासकीय अधिकृत खड्काले साँझ ४ बजेभित्र १० मध्ये ९ बुँदामा लिखित जवाफ दिने आश्वासन दिएका छ ।
 
ज्ञापनपत्रको एक महत्वपूर्ण बुँदामा केही वर्षअघि कञ्चनपुर नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ओमप्रकाश खङ्गका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषय पनि समेटिएको छ। प्रमुख प्रशासकीय अधिकृत खड्का र नगर प्रमुख गुप्ताले उक्त विषयमा सर्वदलीय बैठक तथा कार्यपालिका बैठकको निर्णयपछि मात्र रकम उपलब्ध गराउने बताएका थिए।
 
जनमत पार्टीले नगरपालिकाको ढिलासुस्ती, असंवेदनशीलता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउँदै चाँडो निर्णय गरी जनतालाई जवाफ दिन माग गरेको छ। पार्टीले यदि मागहरूमा चाँडै सुनुवाइ नभए थप आन्दोलनमा जाने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया