सडकमा घरको पानी बगाएपछि सर्वसाधरणलाई समस्या, नगरपालिकाले चासो नदिएको स्थानीयको आरोप

  • पुष २५, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर,पुस २५ गते ।  
कञ्चनरुप नगरपालिका–८ बेरियर स्थित नेपाल बैंक लिमिटेटतर्फ केही होटल व्यवसायी र व्यक्तिले प्रयोग गरेको पानी सडकमा छोडेपछि सर्वसाधरणलाई समस्या भएको छ ।
    बैंक,सहयोगी बचत तथा ऋण सहकारी लिमिटेड,चिल्ड्रेन मोडेल स्कूल र कृष्णा किराना स्टोर लगायतका सर्वसाधरण हिड्ने बाटोमै घर तथा होटेलमा प्रयोग गरेको पानी छोडिदिएपछि समस्या भएको हो ।
    ‘बिद्यालयमा स–साना बालबालिका जाने बाटोमा बर्षातभन्दा बढी हिलाम्य बाटो भएको छ । बालबालिकालाई मात्रै होईन ठूला व्यक्तिलाई समेत सडक पार गर्न समस्या हुन्छ ।’ कृष्णा किराना स्टोरका बंजरग सिंहले भने,‘ दिनमा सयौं व्यक्ति पसलमा आवत जावत गर्छन,सबैलाई समस्या छ । तर सरोकारवाला निकायको ध्यान गएको छैन ।’
    नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक भुवनेश यादबले भने,‘ बैंकमा आउने सेवाग्रहीलाई समेत समस्या भएको छ । अझ बैंकमा कञ्चनरुपभन्दा बाहिरका व्यक्ति पनि आँउछ,उनीहरुले कञ्चनरुपलाई फोहरी ठाउँको रुपमा कुरा काटेर जान्छ ।’ बैंक अगाडी नै सर्वसाधरणहरुले फोहोर समेत फाल्ने गरेको छ । अवलोकिद दैनिकले केही समयअघि पनि समाचार लेखेपछि नगरपालिकाले फोहोर उठाएको  थियो ।

प्रतिक्रिया