कञ्चनपुर, सप्तरी,असार १७ गते ।
राष्ट्रिय परीक्षा बोर्डले २०८२ जेठ १३ गते सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले कञ्चनरुप नगरपालिकाका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था अत्यन्तै कमजोर रहेको प्रस्ट पारेको छ। दुई वर्षको तुलनात्मक अध्ययनले देखाउँछ—२०८१ सालमा एसईईमा सहभागी भएका ६२१ विद्यार्थीमध्ये २३६ जना (३८ प्रतिशत) ग्रेडेड (उत्तीर्ण) भएका थिए भने २०८२ मा सहभागी ५२४ जनामध्ये मात्र १०४ जना (१९.८५ प्रतिशत) मात्र ग्रेडेड भएका छन्। अर्थात्, ८० प्रतिशतभन्दा बढी विद्यार्थी नन–ग्रेडेड (फेल) भएका छन्।
सामुदायिक विद्यालयको झन् खस्किएको यो नतिजाले कञ्चनरुप नगरपालिकाको शैक्षिक संकट थप गहिरो बनाएको छ। खासगरी, २०७९ सालको स्थानीय तह निर्वाचनपछि नगर प्रमुख बनेका ललन प्रसाद गुप्ताले सार्वजनिक कार्यक्रमहरूमा “नगरपालिकाको शिक्षा र स्वास्थ्य अवस्था जिरोमा छ” भन्ने अभिव्यक्ति दिँदै हिँडे पनि तीन वर्षको अवधिमा उनले शिक्षा सुधारतर्फ उल्लेख्य पहल नगरेको देखिन्छ। उनका नेतृत्वमा विद्यालयको नतिजा सुधारिनुको सट्टा अझै ओह्रालो लाग्नुले शिक्षा क्षेत्रप्रतिको बेवास्तालाई देखाउँछ।
नगरभित्रका केही विद्यालयहरूले आंशिक सुधार गरे पनि अधिकांशको नतिजा झनै खराब देखिएको छ। यो अवस्थाले स्थानीय तहमा शिक्षा नीति कार्यान्वयन, स्रोतसाधन व्यवस्थापन, अनुगमन र नेतृत्वको भूमिका सबैप्रति प्रश्न उठाएको छ। यसै विषयमा नगरवासी युवा इन्द्रदेव सिंह भन्छन्, “अब दोष कसलाई दिने? प्रअलाई? कि शिक्षा अधिकृतलाई? कि नगर प्रमुखलाई? अभिभावकहरूले अब यी सबैसँग नतिजाको जवाफ माग्नुपर्छ।”
त्यस्तै, सामाजिक सञ्जालमा स्थानीयवासी लिलाकान्त मण्डलले लेखेका छन्, “मेयरज्यू, बजेट मात्रै दिएर हुँदैन, पढाइ राम्रो हुनु पर्छ। एसईईमा कति प्रतिशत विद्यार्थी पास भयो? नगर प्रमुख आफैले अब सार्वजनिक रूपमा जवाफ दिनुपर्छ।”
कञ्चनरुपका सामुदायिक विद्यालयमा नकारात्मक नतिजा आउनुका पछाडि थुप्रै संरचनागत, व्यवस्थापकीय र सामाजिक पक्षहरू जिम्मेवार देखिन्छन्। अधिकांश विद्यालयमा २०७७ सालदेखि विद्यालय व्यवस्थापन समिति नै गठन हुन नसक्नुले नीतिगत निर्णयदेखि प्रशासनिक सञ्चालनसम्ममा असर पुर्याएको छ। विशेष गरी गणित, विज्ञान र अंग्रेजीजस्ता मुख्य विषयमा शिक्षक दरबन्दी रिक्त हुनु तथा दरबन्दीमा स्थायी शिक्षकको अभावले पठनपाठनमा गम्भीर प्रभाव परेको छ।
यसबाहेक, नगर शिक्षा शाखाबाट आवश्यक अनुगमन, समन्वय र सघन सहजीकरणको अभावले पनि विद्यालयमा शिक्षण–अधिगमनको गुणस्तर कायम रहन सकेको छैन। विगत दुई वर्षदेखि नगरस्तरीय पूर्वतयारी परीक्षा सञ्चालन नगरेको कारण विद्यार्थीहरू एसईईको तयारीमा कमजोर देखिएका छन्।
शैक्षिक स्रोतसाधन—जस्तै प्रयोगशाला, पुस्तकालय, कम्प्युटर लगायतका सामग्री अधिकांश विद्यालयमा उपलब्ध छैनन्। यसले सिकाइ वातावरण कमजोर बनाएको छ। साथै, अभिभावकीय निगरानी कमजोर हुनु, विद्यार्थीहरूको अनियमित उपस्थिति, विदेशिएका अभिभावकहरूको चासो अभाव र घरको वातावरण पनि पढाइ प्रतिकूल बन्न पुगेको छ। यी सबै पक्षहरूको समुचित व्यवस्थापन नहुँदा कञ्चनरुपका सामुदायिक विद्यालयको शैक्षिक अवस्था झनै गम्भीर बन्न पुगेको छ।
कञ्चनरुप नगरपालिकाले केही दिनअघि सार्वजनिक सुनवाईमा पत्रकार राजकुमार साहले नगर प्रमुख ललन प्रसाद गुप्तालाई प्रश्न सोधेका थिए,कि तपाई निर्वाचित भएलगत्तै सार्वजनिक कार्यक्रमहरूमा “नगरपालिकाको शिक्षा र स्वास्थ्य अवस्था जिरोमा छ” भन्नुहुन्थयो अहिले कुन अवस्थामा छ ? जानकारी गराइदिनु होला तर जवाफमा नगर प्रमुख गुप्ताले शिक्षाबारे केही जवाफ दिएनन,बरु स्वास्थ्य अवस्थामा विगतको भन्दा सुधार भएको दावी गरे । तर त्यो दावीलाई मेयरका प्रत्यासी भोला पासवानले खण्डन गर्दै भने,तपाई आउनुभन्दा पहिला नै स्वास्थ्य क्षेत्रमा नगरपालिका प्रदेशमा पहिलो स्थान ल्याइसकेको हो । तपाई झुट नबोल्नु ।
विद्यालय‑वार विस्तृत विश्लेषण
◉ भुवन माध्यमिक विद्यालय, ठेलिया (वडा ११)
वर्ष |
सहभागी |
ग्रेडेड |
नन‑ग्रेडेड |
पास % |
२०८१ |
३२ |
१३ |
१९ |
४० % |
२०८२ |
२८ |
१ |
२७ |
३ % |
चार दशकको इतिहासमा सबैभन्दा खराब नतिजा। पास प्रतिशत ३७ अंकले घट्यो। स्थानीय अभिभावक समितिको लामो समयदेखि वैधानिक बैठक नहुनु र गणित‑विज्ञानका शिक्षक रिक्त रहनु मुख्य कारण
◉ लक्ष्मी नारायण मा.वि., बैरवा (वडा १)
वर्ष |
सहभागी |
ग्रेडेड |
नन‑ग्रेडेड |
पास % |
२०८१ |
४८ |
१६ |
३२ |
३३.३ % |
२०८२ |
४९ |
७ |
४२ |
१४.३ % |
पाठ्यपुस्तक ढिलै वितरण र कक्षा १० ताका शिक्षक सरुवा हुँदा वैकल्पिक सरसहयोग नपाएको विद्यार्थीको गुनासो।
◉ भृकुटी मा.वि., धरमपुर (वडा ७)
वर्ष |
सहभागी |
ग्रेडेड |
नन‑ग्रेडेड |
पास % |
२०८१ |
२९ |
९ |
२० |
३१.० % |
२०८२ |
४३ |
१६ |
२७ |
३७.२ % |
६ अंकको सुधार । प्रअ अनुज गुप्ताः “ विद्यालयमा दरबन्दी अनुसार शिक्षक अभावछ,अभिभावक पनि त्यक्ति सचेत छैन,हामी सुधारतर्फ लागीरहेका छौं ।”
◉ राष्ट्रिय मा.वि., बनरैत (वडा ३)
वर्ष |
सहभागी |
ग्रेडेड |
नन‑ग्रेडेड |
पास % |
२०८१ |
३९ |
११ |
२८ |
२८.२ % |
२०८२ |
३३ |
९ |
२४ |
२७.३ % |
◉ शंकर मा.वि., बर्मझिया (वडा ३)
वर्ष |
सहभागी |
ग्रेडेड |
नन‑ग्रेडेड |
पास % |
२०८१ |
४८ |
६ |
४२ |
१२.५ % |
२०८२ |
४५ |
१५ |
३० |
३३.३ % |
२० अंकभन्दा बढी उफ्रँदा पनि दुई‑तिहाइ विद्यार्थी अझै असफल।
◉ शंकर मा.वि., रुपनगर (वडा ९)
वर्ष |
सहभागी |
ग्रेडेड |
नन‑ग्रेडेड |
पास % |
२०८१ |
१०७ |
२९ |
७८ |
२७.१ % |
२०८२ |
९९ |
२४ |
७५ |
२४.२ % |
◉ सर्वोदय मा.वि., कञ्चनपुर (वडा ८)
वर्ष |
सहभागी |
ग्रेडेड |
नन‑ग्रेडेड |
पास % |
२०८१ |
२२२ |
११२ |
११० |
५०.५ % |
२०८२ |
१९८ |
१०१ |
९७ |
५१.० % |
◉ महेन्द्र जनता मा.वि., बलुवा (वडा ६)
वर्ष |
सहभागी |
ग्रेडेड |
नन‑ग्रेडेड |
पास % |
२०८१ |
९६ |
४० |
५६ |
४१.७ % |
२०८२ |
१९८ |
१२१ |
७७ |
६१.१ % |
प्रतिक्रिया