अवलोकित समाचारदाता
कञ्चनपुर,पुस २७ गते । अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडको २१ औँ बार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष सुदम्बर यादबले गत आर्थिक वर्ष २०७५/०७६मा संस्थाले १२ लाख १७ हजार मुनाफा आर्जन गरेको जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख अथिति कञ्चनरुप नगरपालिका नगरप्रमुख वसन्तकुमार मिश्रले नगरभरी सहकारीहरुको छाता संगठन बनाउन आग्रह गर्दै त्यस छाता संगठन मार्फत नगरपालिकाले सहकारी क्षेत्रको विकाश गर्न तयार रहेको बताए ।
नगरप्रमुख मिश्रले नगरपालिकामा कर्मचारीको अभावमा विकाश निमार्णले गति लिन नसकेको बताउँदै अतिआवश्यक कुरामा नगरपालिका लागि परेको बताए ।
कार्यक्रममा समाजवादी पार्टीका नेता रामेश्वर यादबले सहकारीले समाजिक क्षेत्रमा पनि काम गर्नुपर्ने बताए । नेपाली काग्रेसका क्षेत्रिय सभापति ललनप्रसाद गुप्ताले सहकारी क्षेत्रमा झोले सहकारीको बर्चस्व अन्त्य गर्नुपर्ने बताए । वडा नम्बर १०का वडाअध्यक्ष दिलीप चौधरी र वडा नम्बर १२का वडाअध्यक्ष देवीवहादुर खत्रीले नगरपालिका सहकारीलाई सहयोग गर्न तयार रहेको बताए ।
संस्थाका अध्यक्ष सुदम्बर यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रम चितरंजन यादबले संचालन गरेक थिए ।
प्रतिक्रिया