अवलोकित समाचारदाता
कञ्चनपुर,पुस २७ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबारराति एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् ।
चन्द्र नहरको डिलमा रहेको सिमलको रुखमा कन्चनरुप नपा–८का करिब २५ वर्षिय दिपेश मगर झुन्डिएको अवस्थामा फेला परेको स्थानियले बताएका छ्न् । स्थानीयका अनुसार राती मगरको घरमा झैझगडा भएको थियो । इलका प्रहरी कार्यालय कञ्चनपुरले शवलाई पोष्टमार्डनका लागि जिल्ला स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल पठाएको जनाएको छ । मगरले आत्महत्या के कारणले गरेको भने खुलेको छैन ।
प्रतिक्रिया