सम्पूर्णको साधरणसभा सम्पन्न,अध्यक्षमा पुन : साह

  • पुष २८, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,पुष २८ गते ।
कन्चनरुप नगरपालिका ४ कञ्चनपुर बजार स्थित सम्पूर्ण बचत तथा ऋण सहकारी स्ांस्था लिमिटेड सप्तरीको ९औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सम्पूर्ण बचत तथा ऋण सहकारी स्ांस्था लिमिटेड सप्तरीका अध्यक्ष संजिव प्रसाद साहको अध्यक्षतामा आईतवार जगतपुर हाल कञ्चनरुप नगरपालिका ४ कोशी मेलाको प्रङ्गनमा शनिबार ९ औ वार्षिक साधारण सम्पन्न  भएको हो ।
             उक्त सम्पन्न कार्यक्रममा वरिष्ट सदस्य दुर्गान्द चौधरी,तथा शेयर सदस्यहरु राजकुमार यादव,संतोष नायक, जिवछी देवी साह, प्रकाश कुमार,सियावती खत्वे, अनिता चौधरी लगायतले         आ-आफना मंतब्य ब्यक्त गरेको थिए भने लेखा प्रतिवेदन संयोजक  ललन कुमार सुनारले प्रस्तुत गरेको थियो ।
अध्यक्षमा पुन : साह
          सधारण सभाले अगामी चार बर्षका लागि पुन ः संचालक समितिको अध्यक्षतमा संजिव प्रसाद साहलाई चयन गरेको छ । समितिका उपाध्यक्षमा दुर्गानन्द खंग, सदस्यहरुमा प्रकाश कुमार दाश, भोला शर्मा, जिवछी देवी साह, हिरालाल चौधरी, मो . फारुद मियाँ  सर्वसम्तबाट चयन भएको अध्यक्ष संजिव प्रसाद साहले बताए ।
 लेखा सुपरीवेक्षण समितीमा ललन कुृमार सुनार लेखा संयोजक, रिता गुप्ता सदस्य , संतोष नायक सदस्यमा चैन भएको र ऋण उप समितीमा  संयोजक संचालक समितीका अध्यक्षलाई राखेको बढी २ सदस्य संचालक समितीको निर्णयले रहने गरी गठन गरीएको छ । उक्त संस्थाले गत आर्थिक वर्ष २०७५÷०७६मा ५ करोड १९ लाख ७३ हजार ५ सय ५९ रुपैया कारोबार गरेकोमा खुद नाफा  ६ लाख ६६ हजार ६ सय २९ गरेको अध्यक्ष साहले जनाएको छ ।

प्रतिक्रिया