अवलोकित सामाचारदाता
कञ्चनपुर,माघ ५ गते । प्रदेश २का समाजिक विकाश मन्त्री नवलकिशोर साहले शिक्षा र स्वास्थ्य अवस्था अहिलेको अवस्थामा पु¥र्याउने काम नेपाली काग्रेस र नेकपाको रहेको आरोप लगाएका छन् ।
कञ्चनरुप नगरपालिका स्थित रुपनगरमा शनिबार निजी तथा अवासीय विद्यालय अर्गनाइजेशन,नेपालको प्रदेश २को दोस्रो साधरणसभाका् उद्घाटन सत्रमा मन्त्री साहले सो कुरा बताएका हुन ।
निजी विद्यालयले अन्तराष्ट्रियस्तरमा बिक्न सक्ने दक्ष नागरिक उत्पादन गरेको भन्दै मन्त्री साहले निजी विद्यालयसँग राज्यले शत्रुतापूर्ण व्यवहार गर्न नहुने बताए । मन्त्री साहले भने,‘ सरकारले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरे निजी विद्यालय बन्द गर्नै नपर्ने आफै बन्द हुने अवस्था आउछ ।’
सामुदायिक विद्यालयका शिक्षकहरुको तलब निजीभन्दा कयौं गुणा बढी रहेपनि आफनो जिम्मेबारी पूरा गर्न नसकेकोले सामुदायिक विद्यालयको गुणस्तर खसेको छ ।’ मन्त्री साहले भने,‘ नेपालमा शिक्षा क्षेत्रको इज्जत निजी विद्यालयको नतिजाले जोगाईदिएको छ ।’
प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षा राज्यमन्त्री तेजुलाल चौधरीले पछिल्लो पटक सरकारले सामुदायिक विद्यालयको कक्षा ६ देखी १०सम्म अध्ययन गर्ने विद्यार्थीलाई मात्रै छात्रवृत्ति दिने कुरा कुनै पनि हालतमा पास गर्न नदिईने बताए ।
राज्यले निजी विद्यालयलाई समाप्त पार्न लागेको भन्दै सांसद चौधरीले अहिले पनि निजी विद्यालयहरुलाई सर्घष गर्न धेरै बाँकी रहेको बताए । प्रतिनिधिसभा सदस्य सरिता गिरीले समेत सेबा सुविधा सामुदायिक विद्यालयको धेरै भएपनि गुणस्तरीय शिक्षा निजीले मात्रै दिइरहेको बताईन ।
कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले आपूmले चुनावको वेला कसैलाई खुट्टा ढोगेर भोट नमागेको बताए । उनले भने, तर म अहिले आफनो विद्यार्थीलाई राम्रोसँग पढाईदिन र घरको वातावरण राम्रो बनाईदिन अभिभावकको खुट्टा ढोग्न पनि तयार छु ।’ निजी तथा अवासीय विद्यालय अर्गनाइजेशन,नेपालको प्रदेश २का् संयोजक मुरारी प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय उपाध्यक्ष इश्वर गरुङ्ग,सल्लाहकार अनिल झा र केन्द्रिय सदस्य गोपाल कार्की लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा राष्ट्रिय गानमा लिटिलफलावर बोडिङ्ग स्कूलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
उद्घाटनसत्रमा करिब ३ सयभन्दा बढी व्यक्ति उपस्थित रहेको र प्रदेश २का ८ ओटै जिल्लाबाट जिल्लाअध्यक्ष सहितका पदाधिकारीहरुको कार्यक्रममा सहभागीता रहेको निजी तथा अवासीय विद्यालय अर्गनाइजेशन,नेपालको कञ्चनरुप नगर संयोजक संजय खड्गाले बताए ।
प्रतिक्रिया