अवलोकित सामाचारदाता
कञ्चनपुर,माघ ५ गते । ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा शनिबार अपराध अनुसन्धान तथा कानुनी कार्यबिधी बिषयक १ दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला सरकारी वकिल कार्यालय सप्तरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा फौजदारी मुद्दाको अपराध अनुसन्धान कार्यविधीका बारेमा जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले विधमान मुलुकी फौजदारी अपराध संहिता बमोजिम गर्नु पर्ने सम्बन्धमा प्रकाश पारेका थिए । सप्तरी जिल्ला न्याधिवक्ताद्वय सुदर्शन निरौला र निर्मल नेपालले समेत फौजदारी अपराध संहिताको बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा प्र.जि.अ. सुनिल खनालले कार्यक्रम सफलताको कामना सहित शुभकामना मन्तव्य राखेका थिए भने जिप्रका सप्तरीका एसपी कृष्ण प्रसाईले प्रहरीले अनुसन्धानमा भएका कतिपय त्रुटिहरु सच्याई समय सापेक्ष असल नियतले काम गर्नु पर्ने र सफल हुने विस्वास राख्नुपर्ने बिचार व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी लगायत मुद्दा चल्ने प्रहरी ईकाइ ई.प्र.का. कञ्चनपुर, कल्याणपुर, कडरवोनाका कार्यालय प्रमुख, तथा अ.अ. शाखामा कार्यारत प्रहरी कर्मचारी र २ नं. प्रदेश प्रहरी तालिम केन्द्र (सम्पर्क कार्यालय) का जु.प्र.अ. २ जना गरी २८ जनाको उपस्थिति रहेको ई.प्र.का. कंचनपुर सप्तरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।
प्रतिक्रिया