किशोर पासवान
कञ्चनपुर,माघ ५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरको आयोजना तथा काठमाण्डौ गौशाला स्थीत तिलगंगा आँखा प्रतिष्ठानसंगको सहकार्यमामा ४ दिने बृहत नि ः शुल्क आखाँ जाच तथा परिक्षण शिविर शनिवार देखि सुरु भएको छ ।
अवकाश प्राप्त डिआईजी डाक्टर प्रेमलाल श्रेष्ठले विगत तीन वर्षदेशी शंकर माबि रुपनगरको वार्षिक उत्सवको अवसरमा शिविरको संयोजन गर्दै आएका छन् ।
कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षता तथा कञ्चनरुप नगरपालिकाको नगर प्रमुख बसन्त कुमार मिश्रको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच शिविर उद्घाटन गरिएको छ ।
उक्त शिविरमा तिल गंगा प्रतिष्ठान काठमाण्डौकी डा.सयम बजिमायाँ, डा.प्रमलाल श्रेष्ठ,ईन्दीरा पौडेल र डा.स्मृति लगायत २६ जनाको टोली रहेको केन्द्र व्यवस्थापन समितिका सदस्य दक्षनारायण श्रेष्ठले बताए । बृहत नि ः शुल्क आखाँ जाच तथा परिक्षण शिविर १ हजार आखाँ विरामीहरुलाई चेका जाँच गरिएको छ ।
शिविरको पहिलो दिन २ सय ५ जनाको आखाँको अप्रेसन गरिएको केन्द्रका व्यवस्थापन समिति अध्यष प्रकाश दहाललले बताए । अध्यक्ष दहालका अनसार आखाँ अप्रेसन गरेको बिरामीहरुलाई शंकर मा.वि मा बस्नका लागि व्यवस्था मिलाइएको छ । शिविर संचालनका लागि नगरपालिकाले ७५ हजार मात्र सहयोग गरेपछि थप रकम जुटाउन समितिले स्थानीय व्यापारी र राजनीतिज्ञको सहयोग लिनु परेको छ ।
निः शुल्क आखाँ शिविरमा नेपाली काँग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सभापति ललन प्रसाद गुप्ताबाट चिया, जाउलो(खिचडी) र जारको पानी ब्यवस्था गरेका छन् ।
त्यसै गरी संयूक्त व्यपारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ बेरियरबाट बिस्कुट र पानी वितरणको व्यवस्था गरेको सदस्य श्रेष्ठले बताए ।
प्रतिक्रिया