अवलोकित समाचारदाता
कञ्चनपुर,माघ ७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरको आयोजना तथा काठमाण्डौ गौशाला स्थीत तिलगंगा आँखा प्रतिष्ठानसंगको सहकार्यमामा ४ दिने बृहत नि ः शुल्क आखाँ जाच तथा परिक्षण शिविरको तेस्रो दिन ६ सय ७५ जनाले मोतिया बिन्दुको शल्यक्रिया गरेका छन ।
शिविरको पहिलो दिन २ सय ५ जना, दोस्रो दिन २ सय १५ जना र तेस्रो दिनमा २ सय ५४ जनाको आखाँको अप्रेसन गरिएको केन्द्रका व्यवस्थापन समिति अध्यक्ष प्रकाश दहाललले बताए । अध्यक्ष दहालका अनुसार आखाँ अप्रेसन गरेको बिरामीहरुलाई शंकर मा.वि मा बस्नका लागि व्यवस्था मिलाइएको छ।
उक्त शिविरमा तिल गंगा प्रतिष्ठान काठमाण्डौकी डा.सयम बजिमायाँ, डा.प्रमलाल श्रेष्ठ,ईन्दीरा पौडेल र डा.स्मृति लगायत २६ जनाको टोली रहेको केन्द्र व्यवस्थापन समितिका सदस्य दक्षनारायण श्रेष्ठले बताए । बृहत नि ः शुल्क आखाँ जाच तथा परिक्षण शिविरमा २ हजार ५ सय आखाँ जाच गराउने दर्ता गराएको मध्ये १५ सय आखाँ विरामीहरुलाई चेक जाँच गरिएको श्रेष्ठले बताए ।
निः शुल्क आखाँ शिविरमा नेपाली काँग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सभापति ललन प्रसाद गुप्ताबाट चिया, जाउलो(खिचडी) र जारको पानी ब्यवस्था गरेका छन् । त्यसै गरी संयूक्त व्यपारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ बेरियरबाट बिस्कुट र पानी वितरणको व्यवस्था गरेको सदस्य श्रेष्ठले बताए ।
प्रतिक्रिया