किशोर पासवान
कञ्चनपुर,माघ २२ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरले एक कार्यक्रम आयोजना गरि छात्रवृति वितरण गरेको छ । विद्यालयमा अध्यनरत छात्रा,दलित र अन्य विद्यार्थी समेत गरी २ लाख ९४ हजार १ सय वितरण गरेको विद्यालय प्रअ तरानन्द मलिकले बताए ।
सर्वाेदय माध्यमिक विद्यालयका व्यवस्थापक समितीका अध्यक्ष बुद्धी सागर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख आतिथ्य कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्त कुमार मिश्रले सर्वाेदय माध्यमिक विद्यालयमा पढेर गएको विद्यार्थीहरु सम्झानामा पटक पटक कार्यक्रमको आयोजना गर्दै आईरहेको र यस विद्यालयका विद्यार्थीहरु गुणस्तरीय शिक्षा प्राप्त गर्न मेहनत गर्नु पर्ने बताए ।
उक्त कार्यक्रम्मा नगर उप प्रमुख निरु पोखरेलले भनिन् शिक्षा भनेको ठुलो कुरा हो शिक्षा बिना केही पनि गर्न सकिदैन । उक्त छात्रवृति वितरण कार्यक्रममा कंचनरुप नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार साह,विद्यालय व्यवस्थापक समितीका सदस्य सुर्यनारायण यादव,कंचनरुप नगरपालिकाका शिक्षा शाखा संयोजक ललित नारायण यादव र स्वागत मंत्वय सर्वाेदय माध्यमिक विद्यालयका प्रअ तरानन्द मलिकले व्यक्त गरेका थिए ।
प्रतिक्रिया