किशोर पासवान
कञ्चनपुर,माघ २४ गते । दुई पटक खुल्ला दिश मुक्त भएको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर हटियामा चर्पी नहुदा व्यापारी तथा सर्वसधारणहरुले खुल्ला ठाउँमा शौच गर्न बाध्य भएका छन् ।
कञ्चनरुप नगरपालिका कार्यालयको समेत रहेको हटियामा सरसफाई तथा चर्पीको अभावले दुर्गन्ध पैmलिएको छ । कृषि उपज व्यवस्थापन समितिका अध्यक्ष संजिव कुमार साहले भने,‘कञ्चनरुप नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र हो ।तर हटियामा चर्पी नहुदा बाध्य सर्वसाधरण खुल्ला ठाउँमा दिशा पिसाब गर्न बाध्य छन् ।’ उनले भने,‘यस विषयमा कृषि उपज व्यवस्थापन समिती द्वारा पटक पटक नगरपालिकालाई निवेदन द्वारा जानकारी गराउदै आईरहेको छौ तर कुनै सुनवाई भएको छैन ।’
कञ्चनरुप नगरपालिकालाई सिसी क्याम्रा जडान तथा हटियामा भेपर लाईटको व्यवस्था गर्न आग्रह गर्दा समेत कुनै सुनवाई नभएको स्थनानीयहरुको गुनासो छ ।केही समय अघि व्यापारीहरुले हटियामा सार्वजनिक शौचालय निमार्ण गर्न माँग गरेका थिए । व्यापारीहरुले आन्दोलन गरेपछि नगरपालिकाले शौचालय बनाउने प्रतिबद्धता व्यक्त गरेपनि त्यो पुरा नगरेको व्यापारीहरुले जनाएको छ ।
बार्षिक लाखौं रकममा हटिया ठेक्का लगाएपनि सर्वसाधरण र व्यापारीहरुलाई कुनै सहयोग नगरेको भनाई व्यापारीहरुको छ ।
प्रतिक्रिया