अवलाेकित सामाचारदाता
राजबिराज ,२७ माघ गते । समाजवादी पार्टीका अध्यक्ष एबम पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सप्तरीको बिकास बिरोधिले एजेण्ट खटाएर बिकास निर्माणको कार्यलाई अबरुद्ध गरेको भन्दै त्यस्ता विरोधिलाई बहिष्कार गर्नु पर्ने बताएका छन ।
समाजवादी पार्टी सप्तरीद्वारा राजबिराजमाआईतवार आयोजित समासामायिक परिस्थिति बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष यादवले भने, सप्तरीकोको समग्र बिकासका लागि सर्वपक्षीय पहल र सहयोग आबश्यक छ ।रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण कार्य भुमाफियाका कारण निर्माण कार्य केही समय अबरुद्ध हुन गएको बताएका छन । सप्तरीको बिकासको मेरुदण्डको रुपमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण योजना ल्याएको बताउदै पुर्व स्वास्थ्य मन्त्री समेत रहेका यादवले प्रतिष्ठान निर्माण बिरोधिका एजेन्ट भुमाफियाका कारण प्रतिष्ठान निर्माण कार्य केही समय अबरुद्ध हुन पुगेको बताए । उनले कसैले अबरुद्ध गर्दैमानिर्माण कार्य नरोकोने समेत स्पष्ट पारे । बिकास सबैको सकारात्मक सोचले मात्र सम्भव हुन्छ अध्यक्ष यादवले भने सप्तरीको बिकासका लागि सभन्दा पहिले जनता शिक्षित र सचेत हुनुपर्छ ।
सप्तरीको बिकासको लागि अस्पतालको सुधार, प्राविधिक शिक्षाका लागि पुर्वधार बिकास, नर्सिङ कलेज निर्माणको कार्य थालेको चर्चा गर्दै यावबले भारतको दिल्ली र चिन सम्मको सोझो सम्पर्क हुने गरि राजमार्ग निर्माण कार्यको समेत योजना छिट्टै शुरु हुने जानकारी गराए । सरकारले बिकासको आधार मात्र ल्याउने भन्दै यादवले बिकास स्थानीयले नै गर्नुपर्नेमा जोड दिए । समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजबिराज नगरपालिकाकाका प्रमुख शम्भु प्रसाद यादव, नगरपालिकाका प्रमुखका प्रत्यासी उम्मेदवार भिमराज यादव, निर्माण ब्याबसायी संघ सप्तरीका अध्यक्ष अनेश्वर दास, उधोग बाणिज्य संघ सप्तरीका माहासचिव अनन्त लाल साह, वरिष्ठ पत्रकार शिवहरी भट्टराई, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह,नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, कोशी पम्म चन्द्र नहरका पुर्व प्रमुख शैलेन्द्र कुमार झाले सप्तरीको बिकासमा भएको बर्तमन अबस्था र सम्भाब्यताको बारे बिचार व्यक्त गरे । यसैगरी प्राध्यापक अमरकान्त झा, अमृत साँफी, श्याम कुमार यादव, ड्ल्लु राम, राम कुमार यादव, मनोज कुमार मेहेतर, म. ईदृस लगायतकाले समेत सप्तरीको विभिन्न समस्य र समाधानको उपाय बारे बिचार राखेका थिए । समाजवादी पार्टीका नेता चित्तरन्जन यादवद्वारा संचालित कार्यक्रममा संघीय सदस्य किरण कुमारी यादवले स्वागत गरिन भने मधेस प्रदेस समितीका सचिब दिनेश कुमार यादवले कार्यक्रमको बारेमा प्रकाश पारका थिए ।
प्रतिक्रिया