अवलाेकित सामाचारदाता
लहान,माघ २८ गते । सिरहामा सोमबार मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
नरहा गाँउपालिका–५ न्यायपालिका कार्यालय अगाडी मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सिरहा चोहर्वा सडकखण्डमा सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको ना. ४ ख. ९२४१ नम्बरको बसले बिपरित दिशाबाट आईरहेको लु. १६ प. ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा दुई जना सवार रहेको जिल्ला सिरहा सिरहा नगरपालिका–३ रमौल बस्ने राम बृलेक्षणको छोरा वर्ष २९ को अमन मण्डलको टाउको शरिरमा चोट अवस्था गम्भिर उपचारको लागी बिराटनगर न्युरो लगिएकोमा उपचारको क्रममा बिराटनगर न्युरो अस्पतालमा मृत्यु भएको हो ।
अर्को सवार जिल्ला सिरहा, सिरहा नगरपालिक–३ मख्ना बस्ने भोगेन्द्र मण्डलको छोरा वर्ष ४५ को शैलेन्द्र कुमार मण्डलको टाउको शरिरमा चोट उपचारको क्रममा निजको मृत्यु भएको छ । मोटरसाईकल र बस ईलाका प्रहरी कार्यालय नरहा सिरहाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र बस चालक तत्काल फरार रहेकोले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया