अवलाेकित सामाचारदाता
लहान,माघ २८ गते । समता फाउण्डेशनको आयोजनमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्रबद्र्धन सम्बन्धी तीन दिने तालिम मंगलबार सम्पन्न भएको छ ।
“चेतना रेज अगेन्स्ट जेन्डर बेस्ड भायोलेन्स” परियोजना अन्तर्गत संचालित उक्त तालिममा सिरहा र सप्तरीका सबै पालिकाका एक एक जना युवतीहरु सहभागी भएका थिए । कार्यक्रम सम्मापन्नका प्रमुख अथिति कर्जन्हा नगरपालिकाका नगरप्रमुख गंगा पासवानले शिक्षित दलित युवतीको काँधमा ठूलो जिम्मेबारी रहेको बताएका थिए । नगर प्रमुख पसावानले शिक्षित दलित युवतीहरु एकजुट भएर सर्घष गर्नुपर्ने बताए ।
तलिममा सहभागी अञ्जली राउत मेहतेले तालिममा सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन । समता फाउण्डेसनले २ नं प्रदेशको आठवटै जिल्लामा सञ्चालन गरेको परियोजना हो। दलित महिला विरूद्ध हुने लैङ्गिक हिंसाको उन्मुलन र यौन तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धन गर्नु परियोजनाको लक्ष्य हो । यसका लागि स्थानीय, प्रदेश र संघीय तहका दलित किशोरी, निर्वा्चित जनप्रतिनिधि, कानुन नियामक निकाय, विधायक र सञ्चारमाध्यमलाई सक्रिय रूपमा संलग्न गराइनेछ। लैङ्गिकमैत्री नीति निर्माण र पैरवी मार्फत् दण्डहिनता र अन्यायको वर्तमान स्तरलाई रूपान्तरण गरि सामाजिक न्याय सुनिश्चित गरिने लक्ष्य छ ।
परियोजनाले स्थानीय दलित किशोरीको क्षमता अभिवृद्धि गरि २ नं प्रदेशमा दलित महिलाको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्न उनीहरूलाई परिवर्तनको संवाहकका रूपमा परिचालन गर्नेछ। उनीहरूले आ आफ्नो क्षेत्रमा लैङ्गिकमैत्री नीति तथा कार्यक्रमको निर्माण तथा न्याय निरूपणका लागि लैङ्गिक हिंसाको निरन्तर अनुगमन गर्ने र कानुन नियामक निकायसँग समन्वय गर्ने समता फाण्डेशनको चेतना परियोजनाकी अनुगमन तथा मूल्याकंन अधिकृत प्रमिला पासवानले जानकारी गराएकी छिन् ।
प्रतिक्रिया