प्रदेश २को सडकमा सबभन्दा बढी दुर्घटना, सुरक्षित समाजका लागि चालक तथा विद्यार्थीहरुलाई ट्राफिक जनचेतना मुलक कार्यक्रम

  • माघ २८, २0७६
  • 0
...

किशाेर पासवान

कञ्चपुर,माघ २८ गते । कञ्चनरुप नगरपालिका ८ स्थित अन्नपुर्ण बहुमुखी क्याम्पस कञ्चपुरको सभाहलमा सोमबार शान्तिपुर्ण एंव सुरक्षित समाजका लागि चालक तथा विद्यार्थीहरुलाई ट्राफिक जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रदेश २को ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए । 
कार्यक्रममा प्रहरी उपरीक्षक महतोले विकास हुन धेरै राम्रो कुरो पनी रहेको हो र विकासले धेरै चुनौति पनी ल्याउने बताएका थिए । प्रदेश नं. २ को  सडकमा नियमको  उलघन घेरै हुने गरेको र प्रत्यक वर्ष २ हजार भन्दा दुर्घटना हुने गरेको जानकारी गराएका थिए । उनले भने,‘बढी दुर्घटना हुने समय दिउसो १२ देखि साझा ६ बजे सम्मा स्थानको आधारमा दुर्घटना मुख्य सडक र ग्रामीण  ईलाकामा,सवारी दुर्घटनामा सबै भन्दा बढी मोटरसाईकल संलग्न रहेको र दुर्घटनामा बढी संलग्न चालकर पिडित युवाहरु रहेका छन् ।
ट्राफिक प्रहरीको नियम पुर्ण पालना मा.प.से.ला.औ.,तिब्रगति,ओभरटेक,बत्तीको प्रयोग,जेब्रा क्रस,ट्राफिक सिग्नल,हेल्मेट,सिटवेल्ट,लेन अनुशासन,जथाभावी पाकिङ्ग,मोवाईलको प्रयोग,जिग ज्याग,स.चा.अ.प.,सिट क्षमता भन्दा बढी नराख्न चालकहरु संग अपेक्षा गरेको हो ।
उक्त कार्यक्रममा नेपाली काँग्रसका क्षेत्रीय सभापती ललन प्रसाद गुप्ता,कञ्चनरुप नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष राजकुमार साह,अन्नपुर्ण बहुमुखि क्याम्पसका प्रमुख सुदम्वर प्रसाद यादवले उक्त कार्यक्रम सम्पन्न गरेका थिए ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक लोक बहादुर दियालीले बताए   ।

प्रतिक्रिया