प्रदेश २ ले लैंगिक हिंसा न्युनिकरण गर्न प्रण लिएको छ : मन्त्री साह

  • माघ २९, २0७६
  • 0
...

अवलोकित सामाचादाता
जनकपुरधाम, माघ २९ गते ।
प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले लैगिङ्ग हिंसा न्युनिकरण गर्न प्रदेश सरकार लागिपरेको वताएका छन् ।             

समता फाउन्डेसन आयोजना तथा दलित सरोकार मन्च नेपालको सहकार्यमा आयोजित लैंगिक हिसा न्युनिकरण तथा प्रजनन अधिकार सम्बन्धि अभिमुखीकरण तालिमको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् । प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले किशोरीहरुलाई २० वर्ष पुरा नहुदै विवाह नगर्न आग्रह गरेका छन् । उनले कम उमेरमा छोरीलाई विवाह गर्ने अभिभावक अपराध गर्नु सरह रहेकाले बालविवाह नगर्न र नगराउन आग्रह गरेका हुन् ।प्रदेश २ सरकारले प्रदेशका छोरीहरुको हक अधिकारको लागि विभिन्न ऐन, कानुन ल्याएका छन् । सरकारले कानुन ल्याएर मात्रै नहुने भएकाले यो प्रतिस्पर्धाको अवस्थामा प्रदेश २ का छोरीहरु पनि सशक्त हुनुपर्नेमा जोड दिएका छन् । मन्त्रि साहले भने अहिले प्रतिस्पर्धाको अवस्थामा प्रदेशका छोरीहरुको चाँडै विवाह हुने भएकाले गर्दा शिक्षा आर्जनबाट बञ्चित हुदै आएको बताए । कम उमेरमै विवाह भई बच्चा पाउनाले शारिरिक र मानसिक समस्या समेत हुदै आएकाले शिक्षा र स्वास्थ्यमा निकै असर पर्दै आएकाले २० वर्ष नपुगि विवाह नगर्न आग्रह गरेको छ ।
  

 समता फाउण्डेशनका अध्यक्ष प्रदिप परियारले प्रदेश २ को आठवटै जिल्लामा फाण्डेशनले चेतना परियोजनामार्फत दलित महिला विरूद्ध हुने लैङ्गिक हिंसाको उन्मुलन र यौन तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवद्र्धधन गर्न लागेको बताएका छन् । यस परियोजनाको अभियानको क्रममा स्थानीय, प्रदेश र संघीय तहका दलित किशोरी, निर्वार्चित जनप्रतिनिधि, कानुन नियामक निकाय, विधायक र सञ्चारमाध्यमलाई सक्रिय रूपमा संलग्न गराइने बताएका छन् । 
    अध्यक्षा परियारले लैङ्गिकमैत्री नीति निर्माण र पैरवी मार्फत् दण्डहिनता र अन्यायको वर्तमान स्तरलाई रूपान्तरण गरि सामाजिक न्याय सुनिश्चित गर्नु अभियानको उदेश्य  रहेको बताएका छन् । स्थानीय दलित किशोरीको क्षमता अभिवृद्धि गरि २ नं प्रदेशमा दलित महिलाको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्न उनीहरूलाई परिवर्तनको संवाहकका रूपमा परिचालन गर्ने बताएका छन् ।
    तालिममा धनुषा र महोत्तरी जिल्लाका ३५ भन्दा  किशोरीहरुको सहभागिता रहेको छ । तालिमको उदघाटन सत्रमा इन्सेक प्रदेश २ का संयोजक राजु पासवान,   राष्ट्रिय दलित पत्रकार संघ प्रदेश २ का अध्यक्ष कैलाश दासलगायतको सहभागिता रहेको थियो। कार्यक्रम संचालन दलित सरोकार मञ्चका निर्देशक भोला पासवानले गरेका  थिए । 

प्रतिक्रिया