अवलाेकित सामाचारदाता
बिरेन्द्र बजार,फागुन गते । समाजवादी पार्टीका नेता सुर्यनाथ यादले चैत मशान्त सम्म संबिधान संशोधन गर्न सरकार तयार नभए आगामी बैशाख देखि आन्दोलन गर्ने चेतावनी दिएको छ । सप्तरीको कंचनपुरमा बिहिवार समाजवादी पार्टी सप्तरी क्षेत्र १ को संगठन सुदृढीकरण तथा बिस्तार(बिसु) अभियान उद्वघाटन गर्दै उनले यस्तो बताएका हुन ।
आन्दोलनको तयारी तहत पार्टीद्वारा देशब्यापी ३ महिने बिसु अभियान संचालन गरेको बताउदै बिसु अभियानका सप्तरी क्षेत्र नम्बर १ का अभियान्ता समेत रहेको यादवले सक्रियता पुर्वक अभियानमा नेताकार्यकर्तालाई लाग्न आग्रह गरे । पार्टीको बिचार सिधाान्त र आगामी रणनीति जनता सम्म पुर्याउने उदेश्यले पार्टीद्वारा बिसु अभियान शुरु गरेको जानकारी गराउदै नेता यादवले भने , बिसु अभियान पनि आन्दोलनकै एउटा रुप हो । यादवले ३ महिना भित्रमा संबिधान संशोधन प्रक्रिया सुचारु नगरिए अभियानबाट शक्ति निर्माण गरि आगामी बैशाख देखि आन्दोलनको आधिबेरी ल्याउने चेतावनी दिए । अर्का केन्द्रिय सदस्य जगदेव यादवले अधिकार सुनिश्चितताको लागि आन्दोलनको विकल्प नरहेको भन्दै आन्दोलनका लागि तल्लो तहसम्म जनाधार तयारी गर्न आग्रह गरे ।
संघीय परिषद सदस्य एबम पुर्व साँसद लक्षमि चौधरीले सरकारले आन्दोलनबाट प्राप्त अधिकार लुट्दै गएकोले सरकारको दमनकारी नितिबिरुद्व गोलबद्व हुनुपर्नेमा जोड दिए । मधेस प्रदेश समितीका मुख्य सचिब शम्भु झाले पार्टीले शुरु गरेको संगाठानिक अभियानमा एकताबद्व भएर जानुपर्नेमा जोड दिए । कार्यक्रम संघीय परिषद सदस्य श्यामदेव यादव, गुणनन्द चौधरी, जिल्ला सदस्य रामेश्वर यादव, हनुमान नगर कंकालिनी नगरपालिकाका अध्यक्ष बिरेन्द्र माझी, कंचरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादव, सप्तकोशी नगरपालिकाका अध्यक्ष राम कुमार यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष रामदेव यादव , तिरुहुत गाउँपालिकाका अध्यक्ष बिरेन्द्र मिश्रा लगायतकाले समेत बिसु अभियान बारे बिचार ब्यक्त गरे । कार्यक्रमको संचालन जिल्ला समिति सदस्य बृजमान तामाङले गरे । कार्यक्रममा क्षेत्र अन्तरगतका अभियान्ता यादवको संयोजकत्वमामा केन्द्रिय सदस्य, संघीय परिषद सदस्य, प्रदेश पदाधिकारी एबम सदस्य, जिल्ला सदस्य, पालिका संयोजकहरु रहेको २८ सदस्यीय क्षेत्रीय बिसु अभियान परिचालन समिती समेत गठन गरेको जनाएको छ । सोही कार्यक्रममा फागुन ७ गते देखि ११ गते सम्म ५ वटै पालिका स्तरीय समायोजन भेलाको समेत तयारी गरेको संयोजक यादवले जानकारी दिए ।
प्रतिक्रिया