प्रदेश सरकारले जातिय संघसंस्थालाई पुर्ण रुपले सहयोग गर्ने प्रतिद्वता : मन्त्री यादव

  • फाल्गुन २, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
लालबन्दी,फागुन १ गते ।
सर्लाहीको लालबन्दी नगरपालिका स्थित नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ को प्रथम अधिबेशनको उद्वघाटन आन्तरिक  मामिला तथा काणुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलले गरेका छन । 
    उक्त उद्धघाटन समारोहमा प्रदेश नम्बर २ का आन्तरिक  मामिला तथा काणुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जातिय संघसंस्थाले नमुना र समृद्ध समाज निर्माण गर्न  योगदान गरेको बताएका छ्न । कार्यक्रममा बोल्दै मन्त्री यादवले जातिय संघसंस्थाले सामाजिक रुपान्तरणका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । नेपाल बहुभाषिक, बहुसाँस्कृतीक सभ्यता भएको देश भनेर बिश्वले चिनाएको छ , मन्त्री यादवले भने, जातिय संघसंस्थाले  मुलुकलाई चिनाउन नेपाली संस्कृति जगेर्नामा ठुलो योगदान गरेको छ । जातिय संघसंस्थाहरुले सामाजिक बिकृती न्यूनीकरण गरि  समाज सुधार गरि नमुना र समृद्व समाज निर्माणमा योगदान गरेको चर्चा गर्दै मंन्त्री यादले प्रदेश सरकारले जातिय संघसंस्थालाई पुर्ण रुपले सहयोग गर्ने प्रतिद्वता व्यक्त गरे । पहिचान र अधिकारका लागि प्रदेश सरकार समेत संघर्षरत रहेको बताउदै प्रमुख अतिथी मन्त्री यादवले सदियौ देखिको उत्पीडन र भेदभाव परेको समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । नेपाल तामाङ संघीय घेदुङका अध्यक्ष मोहन गोलेले ताम्सालिङ सहितका तामाङ समुदायको खोसिएको अधिकार सुनिश्चित गर्न आन्दोलन गर्ने चेतावनी दिए । राज्यले तामाङ माथि दमन, भेदभाव र अन्याय गरेको ईतिहास केलाउदै गोलेले त्यसको क्षतिपुर्ती स्वारुप आफ्नो भुगोल फिर्ता नगरे आन्दोलनबाट ब्याज सहित चुक्ता लिने उद्वघोष गरे । नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ का अध्यक्ष डेनोक मोक्तान तामाङको अध्यक्षताको आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य सन्चमाया मोक्तान, शोभा लामा लगायतकाले समेत सम्बोधन गरे । नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ का सचिब राम बहादुर घ्लानद्वारा कार्यक्रममा स्वागत  उपाध्यक्ष सरिता बलले गरिन । अधिबेशनबाट आगामी ४ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाएको छ । अधिबेशनमा प्रदेश नम्बर २ का ८ वटै जिल्ला र स्थानीय तहका गरि १ सय ७७ जना प्रतिनिधिहरुको सहभागीता रहेको अधिबेशन तयारी समितिका संयोजक संजिव मोक्तानले जानकारी गराए ।

प्रतिक्रिया