सहयोगीद्वारा वित्तिय साक्षरता अभियान जारी

  • फाल्गुन ४, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,फागुन ४ गते ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुर ८ वेरियरले शनिवार पनि बैरवामा वित्तिय साक्षरता अभियानलाई निरन्तरता दिएको छ ।
    सहयोगिले एक महिना अघि देखि प्रत्येक शनिवार अभियान सञ्चालन गर्दै आईरहेको छ ।  कञ्चनरुप नगरपालिका १ बैरवावाट सो अभियान शरु गरेको अध्यक्ष अनुज कुमार यादवले बताए । अध्यक्ष यादवले भने, “हामी घर घरमा गएर सदस्य बनाउने र खाता खोल्ने कार्यक्रम सन्चालन गरेका छौं ।”
    वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । सहयोगीले विगत एक महिना देखी जनस्तरमा अभियान सञ्चालन गरिरहेको छ । 
    आफ्ना खर्चहरू नियन्त्रण गरी बचत गर्ने, घरमा पैसा नराख्ने, बैंक वा वित्तीय संस्थामा बचत सुरक्षित रहनुका साथै ब्याज पनि आउने भएकोले खाता खोलेकाहरुलाई कर्जा दिन केही सजिलो ह’ने हुँदा यो साक्षरताले वित्तीय पहुँचसंग सम्बन्ध राख्ने अध्यक्ष यादवले बताए । कार्यक्रममा संस्थाका व्यवस्थापक बिनोद कर्ण लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया