मध्यवर्ती क्षेत्र व्यबस्थापन समितिका अध्यक्ष साहले राहत रकममा कमिशन खाएको आरोप

  • फाल्गुन ४, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,फागुन ४ गते ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जनाबरबाट पीडित जनता रकममा समेत मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरुले कमिशन खाने गरेको खुलासा भएको छ ।
    हात्ति,बदेँदे र अर्नाबाट पिडीतका लागि आएको रकम बदगामा जगतपुर मध्यवर्ती उपभोक्ता समिती अध्यक्ष रेणु साहले कमशिन लिएको पीडितहरुले आरोप लगाएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षका जनाबरबाट पिडितहरुलाई दिएको उपचार खर्च एवं राहत रकममा अध्यक्ष साहले कमिसन लिएको जानकारी पाएपछि  आरक्षको पथरी सेक्टरका रेन्जर हरेराम यादव र  समितीको सचिव कमल कुमार यादवले पीडितहरुको घर–घरमा गएर छानविन गरेको छ ।
    कोशिटप्पु वन्जन्तु आरक्षका हात्तीले घर भत्काउनुका साथै बँदेलबाट घाईते भएको पिडितहरुलाई दिएको राहत रकममा बदगामा जगतपुर मध्यवर्ती उपभोक्ता समिती अध्यक्ष रेणु साह द्वारा कमिसन लिएको र भरपाईलाई छोपेर सहिछाप लगाएको समितीको सचिव कमल कुमार यादवले बताए । 
    हात्तीबाट क्षती र बन्देलबाट घाईते कञ्चनरुप नगरपालिका वडा नं. ४ का जवाफ सदा मुसहरका हात्तीबाट घर भत्काउनुका साथै खाद्यान्य नष्ट गरेवापत आरक्ष कार्यालयबाट आएको राहत रकम १५ हजारमा भरपाई गराई ९हजार मात्र दिएको पिडितले बताए । 
त्यस्तै नगरपालिका सोही वडा बस्ने केशोरी सदा, दुलारचन ठाकुरको १५ हजार मध्ये ८ हजार मात्र रकम दिएको पिडीतहरुले अनुगमनको क्रममा बताएको छ ।
    ‘अध्यक्ष साह गाउँले भएर पनि १५ हजार राहतमा हस्ताक्षर गराएर ८ हजार मात्र दिएको छ ।’ दुलारचन ठाकुरले भने,‘ राहतको लागि एक प्रक्रिया पु¥याउनै गाह्रो छ,जेनतेन गरेर राहत आएपनि आफनै नजिककाले खान्छ ।’
बन्देलबाट घाईते भएको राजकुमार चौधरीको नामबाट ५४ हजार आरक्षबाट निकासा भएकोमा  ४४ हजार ५ सय मात्र दिएर ९हजार ५ सय भ्याट वापत कटौती भएको पीडितले बताए ।
त्यस्तै बन्देलबाट घाईते बिनोद सरदार ६ हजार निकासा भएकोमामध्ये ४ हजार मात्र दिएको पिडितहरुको गुनासो गरेको छ । 
    पथरी सक्टरका रेन्जर हरेराम यादवले हात्तीबाट क्षती तथा बन्देलबाट घाईते व्यक्तिको घर–घर गएर निरिक्षण गर्दा पीडीतहरुले पुरा रकम नपाएको तथ्य बाहिरिएको बताए ।
     बदगामा जगतपुर मध्यवर्ती उपभोक्ता समिती अध्यक्ष साहलाई यस सम्बन्धिमा जानकारी लिन फोन गर्दा ‘म कार्यक्रममा छु भन्दै फोन काटेका थिइन । कोशिटप्पु वन्जन्तु आरक्ष मध्यवर्ती क्षेत्रका काउन्सी अध्यक्ष बिरेन्द्र यादवले हात्तीले क्षतीगरेको राहतमा एक रुपैया भ्याट नकटने गरी पिडिहरुलाई दिने गरेको छ र कसैले उक्त रकममा भ्याट र कमिशन खएको छ भनी कर्वाही हुनु पर्छ बताएको छ ।
 

प्रतिक्रिया