प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ११ फाईनलमा प्रवेश

  • फाल्गुन ५, २0७६
  • 0
...

शिव प्रसाद आचार्य
फत्तेपुर,फागुन ५ गते ।
सप्तकोसी नगरपालिका वडा नम्बर १ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको आइतबारको खेलमा  वडा नम्बर ११ ले वडा नम्बर ६ ट्राइब्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै फाइनल प्रबेश गरेको छ।
               निर्धारित समय सम्म दुबै तर्फबाट कुनै पनि गोल नभए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो। खेलमा उत्कृष्ट प्रदशन गरेका कारण वडा नम्बर १० का गोल रक्षक एटलान्टिक चौधरी म्याछ अफ दि म्याच घोषणा भए।
      त्यसै गरि आजै भएको पहिलो खेल मा वडा नम्बर १० ले वडा नम्बर ९ लाई ० का विरुद्ध १ गोल गर्दै सेमिफाइनल प्रवेश गरेको छ। खेलका एक मात्र गोल वडा नम्बर १० का लागि जर्सी नम्बर १८ का अमन चौधरीले गरेका थिए।
   अब भोलि हुने अन्तिम सेमिफाइनल खेल वडा नम्बर १ र वडा नम्बर १० बिच हुने आयोजक क्लब न्यु त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष अजय श्रेष्ठले बताए।

प्रतिक्रिया