रामनाथ राम
राजविराज,फागुन ५ गते । राजविराज नगरपालिका कारागार कार्यालय नजिकको सुकुम्बासि बस्ति हटाउन सुचना जारी गरेपछि स्थानिय पिडीतहरुले बिना विकल्प उठीवास नगर्न जिल्ला प्रशासन कार्यालय राजविराजलाई ज्ञापनपत्र बुझाएका छन ।
तुल बहादुर मगरको अध्यक्षतामा ११ सदस्य समिति गठन गर्दै पिडीतहरुले आईतवार राजविराज नगरपालिका र वडा कार्यालयमा समेत ज्ञापनपत्र बुझाएको दलित नेता बद्रि मेहतरले जानकारी दिएका छन । ज्ञापनपत्रमा नेपालको संविधानको धारा ३७ को उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त बासस्थानको हक हुने र उपधारा २ मा कानुन बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानवाट हटाइने वा अतिक्रमण गरिने छैन भन्ने संवैधानिक व्यवस्था अनुसार बिना विकल्प उठिबास नगर्न माग गरिएको छ ।
प्रतिक्रिया