प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको दोश्रो सेमिफाईनल खेलमा वडा नम्बर १ विजय, फाईनलमा प्रवेश

  • फाल्गुन ६, २0७६
  • 0
...

शवि प्रसाद आचार्य

फत्तेपुर,फागुन ६ गते । फत्तेपुरमा संचालित प्रथम वडा स्तरिय फुटबल प्रतियोगिताको सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सप्तकोसी नगरपालिका वडा नम्बर १ फाइनल प्रवेश गरेको छ। वडा नम्बर १ र वडा नम्बर १० बिच सम्पन्न सेमिफाइनल खेलमा वडा नम्बर १ का लागि जर्सी नम्बर ५ का गुलाब माझीको गोलनै निर्णायक बन्यो। साठी मिनेटको पुर्ण प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर १० ले कुनै गोल गर्न सकेन। आजको खेलमा वडा नम्बर १ का खेलाडी सन्देश खत्री म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिताको फाइनल खेल आउदो बुधबार वडा नम्बर १ र वडा नम्बर ११ बिच हुने आयोजक क्लब न्यु त्रियुगा स्पोर्टिङ क्लवका अध्यक्ष अजय श्रेष्ठले बताए। खेलको पुरस्कार राशी प्रथम २५ हजार र दोस्रो १५ हजार रहेको क्लब का कोषाध्यक्ष विकाश घिमिरेले बताए ।

प्रतिक्रिया