राजकुमार पासवान
फकिरा,फागुन ६ गते । सप्तरीको राजगढ गाउँपालिका ६ स्थित फकिरा का एक सामाजिक संस्थाले बाल विवाह विरुद्ध घरदैलो अभियान आईतबार सम्पन्न गरेका छन् । युरोपियन युनियनको आर्थिक,आसमान नेपालको अगुवाईमा वेल्टहङ्गरहिल्फेको प्राबिधिक सहयोगमा दलित सरोकार मञ्च नेपाल द्वारा संचालित प्रदेश नं.२ मा समाबेशी लोकतन्नका लागि नागरिक सशक्तीकरण प्रवर्द्धन परियोजना अन्तर्गत राजगढ गा.पा. वडा नं. ६ फकिराका खंग, मुस्लिम, यादव, धोवी,पासमान लगायत अन्य समुदायका बस्तिमा नव गठित गाउँ अपांङ्ग समन्वय समितिको आयोजनामा बाल विवाह बिरुद्ध बाल विवाह जिन्दगी तबाह,बाल विवाह अंत करु सुन्दर सामाज निर्माण करु,जब हुदैन २० बर्ष पुरा नगरौं बिहेका कुरा लगायत नाराका साथ घरदैलो कार्यक्रम गरि गाउँ,टोलमा परिक्रमा गरिएका थिए । संस्थाका अध्यक्ष राजकुमार यादव लगायत सम्पुर्ण पदाधिकारी,वडा नं.६ फकिरामा सञ्चालित ईशलाम संवाद केन्द्रका सम्पुर्ण सदस्यहरु र दलित सरोकार मञ्च नेपाल सप्तरीका सुसाशन सहजकर्ता उपेन्द्र कुमार मरिक लगायतको सहभागीता जनाएका थिए ।
प्रतिक्रिया