पाँच दिबसिय प्रदेश स्तरीय सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • फाल्गुन ७, २0७६
  • 0
...

बृजमान तामाङ

बिरेन्द्र बजार,  फागुन ६  गते । भुमी ब्यास्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर २ को सहयोग तथा किसान बचत ऋण सहकारी संस्था बिरेन्द्र बजारद्वारा आयोजित पाँच दिवसिय सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजारमा आयोजित सहकारी अभिमुखिकरण कार्यक्रम मंगलबार एक समारोहका बिच सम्पन्न भएको हो । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिरेन्द्र बजारको अध्यक्ष आनन्द महतोको अध्यक्षता तथा रुपनी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा सहभागीहरुलाई अधिकृत यादवले प्रमाणपत्र प्रदान गरे ।

सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत यादवले सहकारी संस्थाले आर्थिक रुपान्तरणमा अतुलनीय टेवा पुर्‍याएको बताए । सरकारको तीन खब्बे अर्थ नितिमा एक सहकारी संस्था पनि रहेको बताउदै यादवले सहकारी कर्मिहरुलाई रोजगारमा आधारित कार्यक्रम अगाडि सार्न सुझाव दिए । सहकारी संस्थाहरूले आर्थिक समृद्धिको योगदानको आधारमा अझै पनि सोचेजती सहयोग गर्न सरकारले सकेको छैन भन्दै यादवले रुपनि गाउँपालिका सहकारी संस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको बताए । उनले सहकारी संस्थाहरूको अधिकार सुनिश्चितताको लागि सशक्त आवाज उठाउनु पर्नेमा जोड दिए । पत्रकार बृजमान तामाङले सहकारीको नाममा गलत क्रियाकलाप गर्नेलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । सहकारी संस्था कडा गरि कार्यालयको मिलोमतोमा आर्थिक चलखेल गर्ने सहकारीलाई सबै सहकारीकर्मीहरुले बहिष्कार गर्नुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय सहकारी बैंक राजबिराज शाखाका प्रमुख बिस्णु पराजुलीले अभिमुखिकरण कार्यक्रमले सहकारी संचालनमा थप निखरता ल्याएको बताए । सहभागी दुर्गा भट्टराईले कार्यक्रमबाट महत्त्वपूर्ण कुरा सिक्ने अबसर पाएको भन्दै अझै यस्ता कार्यक्रमको आबश्यता रहेको बताए । अर्का सहभागी रंजिता कुमारी चौधरीले अभिमुखीकरण कार्यक्रमले सहकारी संचालन सम्बन्धी क्षमता अभिबृद्वि भएको बताउदै यो कार्यक्रमले मात्र पुर्ण नभको बताईन । कार्यक्रमको संचालन किसान बचत तथा ऋण सहकारी संस्था बिरेन्द्र बजारका ब्याबस्थापक चेत नारायण मेहताले गरे । विभिन्न ३५ वटा सहकारी संस्थाहरूको ३५ जना प्रतिनिधि सहभागी अभिमुखिकरण कार्यक्रमको सहजीकरण चन्द्रमणी भट्टराई, बिनित कुमार झा, तोयानाथ पोखरेल,ओम नारायण झा, बिष्णु प्रसाद पराजुलीले गरेको आयोजक समितीका उपाध्यक्ष बम बहादुर राउतले जानकारी दिए ।

प्रतिक्रिया