अवलोकित सामाचारदाता
बिरेन्द्र बजार,फागुन ७ गते । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा अबस्थित शनीदेव मन्दिर नजिक मंगलबार एक युवतीको लाश भेटेको छ ।
मन्दिरदेखि १ किल मिटर उत्तर बन क्षेत्रमा आन्दाजी २०–२५ बर्षका युवती मृत अबस्थामा भेटिएको हो । पुर्वपश्चिम राजमार्ग स्थित बिरेन्द्र बजार देखि ४ किलो मिटर उत्तर बनक्षेत्रमा घाँस काटन गएका स्थानीयले लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बन्जाडेको नेतृत्वमा प्रहरी टोलि खटी स्थानीय जनप्रतिनिधिको रोहवरमा आबश्यक प्रक्रिया पूरा गरि लास उठाएका छ्न ।
लास परिक्षणका लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ । लास गलिसकेको हुदा पहिचान गर्न कठिन भएको प्रहरी निरीक्षक बन्जाडेले बताए । लास धेरै दिनको भएकोले युवतीले लगाएको कपडा र केशबाट स्त्री रहेको अन्दाज गरिएको उनले बताए । मृतक युवतीको हाल सम्म पहिचान हुन नसकेको तथा घटना बारे थप अनुसान्धन भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया