टिपरले अटो रिक्सालाई ठक्कर दिदा दुई जनाको मृत्यु,एकै परिवारका ५ जना घाइते

  • फाल्गुन ७, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर,फागनु ७ गते ।
सप्तरी बोदेबर्साईन नगरपालिका–४ गौरा स्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट मंगलबार दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
     बोदेबर्साईनबाट विष्णपुर तर्फ जादै गरेको ना.१.क.५५२७ नंम्बरको टिफरले बिपरित दिशा बाट आउदै गरेको स.१.ह.३७९५ नं.को अटो लाई ठक्कर दिँदा अटोमा सवार भारतको जिल्ला अररिया मोतिहारी ग्राम पंचायत– ७ बस्ने २६ बर्षिया  मोहम्द सदाम हुसेनको  घटना स्थलमै मृत्यु भएको थियो भने दिउँसो करिब १ः३० बजेको समयमा बर्ष ४५ की कुनकुनिया खातुनको न्युरो अस्पताल बिराटनगर उपचार गर्न ल्यैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    घाइते हुनेमा सप्तरी महदेवा गा.पा. १ बस्ने अ. वर्ष ४० को मोहम्द सलिउदिनको कम्मरमा चोट लागेको छ उनको स्थासनिय जिवनदिप अस्पताल बोदेबर्साईनमा उपचार भई रहेको छ । त्यस्तै सलिउदिनको श्रीमति वर्ष ३५ कि मुनिया खातुन,छोरा वर्ष १२ को मोहम्द अकबर,९ बर्ष अनबर र अर्का छोरा वर्ष १० को मोहम्द दाबेल र वर्ष ६ को मोहम्द आशिकको टाउँकोमा चोट लागेको छ । घाइतेमध्ये अकबरको टाउँको चोट लागेकोले अवस्था गम्भिर छ । उनलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार टिपक चालक प्रहरी नियन्त्रणमा रहेको छ । 
 

प्रतिक्रिया