विद्यालय सुरक्षा तथा जलवायू उत्थानशिल कार्यशाला गोष्ठी सम्पन्न

  • फाल्गुन ७, २0७६
  • 0
...

किशाेर पासवान
कञ्चनपुर,फागुन ७ गते ।
कञ्चनरुप नगरपालिकाको सभाहलमा मंगलवार बृहत विद्यालय सुरक्षा तथा जलवायू उत्थानशील कार्यक्रम अन्र्तगत नगरस्तरीय सिकाई आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
    यूनिसेफको सहयोग तथा आसमान नेपालको आयोजनामा बृहत विद्यालय सुरक्षा तथा जलवायू उत्थानशिल कार्यक्रम अन्र्तगत स्तरिय सिकाई आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न भएकाछन ।
    उक्त कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा बाल्दै नगर प्रमुख मिश्रले यस नगर भित्रका विद्यालयहरुले जोखीमपूर्ण न्यूनिकरण गर्न ध्यान दिदैन जानी जनी विद्यालयहरुले लपर्वाही गर्ने नगरेको बताउदै यस नगरपालिकामा कार्यक्रम लिएर आएकाहरुबाट राम्रा राम्रा कुराहरु बुझने गरीएको जनाएको छ ।
    आसमान नेपाल सप्तरीका कार्यक्रम संयोजक संजिव कुमार साहले विद्यालय ,स्थानिय सरकार तथा जिल्ला स्तरिय शिक्षा सरोकारवालाहरुको विद्यालय प्रतिको हेर्ने दृष्टिकोणमा साकारात्मक परिवर्तन गराउनु र बालबालीकाहरु तथा समुदायको ज्ञान अभिवृद्धि एवं परिवर्तनको बाहकको रुपमा रहेका स्कूल बालबालिकाहरुको भुमिकालाई सबलीकरण गर्दै संभावित विपद् तथा जलवायू परिवर्तनका असर न्यूनिकरण तथा अनुकुलनको लागि बालबालिका,किशोर किशोरीहरु तथा समुदायको सुरक्षा र उत्थानशिलतामा सुधार ल्याउनु पर्ने प्रशिक्षण दिएको थियो ।
    संयोजक साहले ज्ञान वृद्धि,क्षमता निर्माण,बृहत विद्यालय सुरक्षा न्यूनतम प्याकेज तथा जलवायु उत्थानशिललाई मुल प्रभावकरण, बृहत विद्यालय सुरक्षा तथा जलवायु उत्थानशीलता विद्यालय तथा समुदायमा प्रर्बधन,राम्रा अभ्यास तथा सिकाईको अभिलेखिकरण,प्रचारप्रसारको साथै अभिवृद्धिकरण,अनुगमन तथा निगरानी कार्यक्रम संचालन रणनीति रहेको बताएको छ ।
    उक्त सम्पन्न कार्यक्रममा वडा अध्यक्ष,शिक्षक,कञ्चनरुप नगरपालिकाका समाजिक विकास शाखाका राजेश कुमार यादव,शिक्षा शाखाका प्रेमकान्त चौधरी र ललित नारायण यादव लगायतका उपस्थिती रहेको   थियो ।

प्रतिक्रिया