समाजवादी पार्टी सप्तकोशी नगर समिती समायोजन

  • फाल्गुन ८, २0७६
  • 0
...

अवलाेकित सामाचारदाता

बिरेन्द्र बजार,७ फागुन । समाजवादी पार्टी सप्तकोशी नगर समिति बुधबार समायोजन गरिएको छ । पुर्व संघीय समाजवादी फोरम नेपाल सप्तकोसी नगर अध्यक्ष राम कुमार यादवको अध्यक्षतामा २१ सदस्य नगर समितिको समायोजन भएको हो । समाजवादी पार्टी सप्तकोशी नगरपालिकाद्वारा माबी ओद्रहामामा आयोजित बिसु अभियानमा सप्तरी क्षेत्र नम्बर १ का अभियान्ता सुर्यनाथ यादवले नगर समिति समायोजन भएको घोषणा गरे ।

पुर्व फोरम नेपाल र नयाँशक्ती पार्टी बिच घोषित समायोजन नगर समितीको वरिष्ठ उपाध्यक्षमा रमेशलाल कर्ण, उपाध्यक्षहरुमा महन्थी यादव, दुर्गानन्द चौधरी, सचिबमा उमेश प्रसाद यादव, सह सचिबमा ऎजाज सिद्विकी र कोषाध्यक्षमा श्रीकान्त देव चयन भएका छ्न । यसैगरि समितिको सदस्यहरुमा सोमेश्वर यादव, किसनी देवि खंग,तिलेश्वर मेहता, दिलिप कुमार साह, सत्यनारायण यादव, मन्जु देवि मण्डल, सुनिता देबि यादव, रबि कुमार गुप्ता, फनिदेव चौधरी, बेचन यादव,अमेरिका देवि खंग, द्रोपती देवि खंग, ससिता देवि चौधरी र कृष्णा देवि चौधरी चयन भएका छ्न । समाजवादी पार्टी सप्तकोशी नगर अध्यक्ष राम कुमार यादवको अध्यक्षतामा आयोजित पार्टी समायोजन घोषणा एबम संगठन सुदृढीकरण तथा बिस्तार अभियानमा कार्यक्रमका प्रमुख अतिथी बिसु अभियान्ता यादव, केन्द्रिय सदस्य जगदेव यादव, संघीय परिषद सदस्य श्यामदेव यादव, गुणानन्द चौधरीले बिसु अभियानको बारे चर्चा गर्दै साँगाठानिक क्रियाकलापमा सक्रियतापुर्वक लाग्न आग्रह गरे। यसैगरी जिल्ला सदस्य बृजमान तामाङ, अशोक कुमार चौधरी, राम कुमार चौधरी, सोमेश्वर यादव, किसनी देवि मण्डल, सप्तकोशी नपा ९ का निर्वाचित वडा सदस्य तिलमेश्वर मेहता लगायत समेतकाले बिसु अभियानको बारे बिचार व्यक्त गरे । नव गठित नगर समिति लाई कार्यक्रमका प्रमुख अतिथी सुर्यनाथ यादवले सपथग्रहण गराए भने स्वागत वरिष्ठ उपाध्यक्ष रमेशलाल कर्णले गरे ।

प्रतिक्रिया