तिरुहुत गाउँपालिकामा समाजवादीको बिसु अभियान

  • फाल्गुन ९, २0७६
  • 0
...

बृजमान तामाङ

 बिरेन्द्र बजार, ८ फागुन । सप्तरीको तिरुहुत गाउँपालिकामा बिहीबार समाजवादी पार्टीद्वारा संगठन सुदृढीकरण तथा बिस्तार (बिसु) अभियान संचालन गरेको छ । समाजवादी पार्टी तिरुहुत गाउँपालिका अध्यक्ष बिरेन्द्र कुमार मिश्राको अध्यक्षता तथा केन्द्रिय सदस्य एबम सप्तरी क्षेत्र नम्बर १ का बिसु अभियान्ता सुर्यनाथ यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा बिसु अभियानको उदेश्य बारे प्रकाश पार्दै अभियान्ता यादवले संगठन निर्माण गरि शक्तिमा बदल्नु पर्नेमा जोड दिए ।

मधेशी,आदिवासी जनजाति, दलित, मुश्लिम, महिला माथी सत्तारुढ नेकपा सरकारले गरेको चरम विभेद,भेदभाव र अपमान जनताको बिच पुर्‍याउने बिसु अभियानको लक्ष्य रहेको बताए । केन्द्रिय सदस्य जगदेव यादवले अपुरो र अधुरो संबिधानले समृद्व नेपाल र सुखी नेपाली हुन नसक्ने दाबी गरे । उनले देशको बिकास र समृद्वीका लागि संबिधान संशोधनको बिकल्प नरेको बताए । संघीय परिषद सदस्य श्यामदेव यादवले संघीय सरकारले गरेको कालाकर्तुतको भण्डाफोर गर्दै आगामी आन्दोलनको लागि जनाधार तयार गर्न देश ब्यापी बिसु अभियान शुरु गरेको बताए । कार्यक्रममा संघीय परिषद सदस्य गुणानन्द चौधरी, समाजवादी पार्टीका नेता चन्द्र नारायण यादव, तिरुहुत गाउँपालिकाका अध्यक्ष मनोज कुमार बहडखेर, पुर्व जिल्ला सदस्य संजय मिश्रा, तिरुहुत गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष शिव नारायण मेहता, वडा नम्बर २ का अध्यक्ष जयप्रकाश यादव समाजवादी पार्टी तिरुहुत गाउँपालिका ४ का अध्यक्ष श्याम नारायण यादव, वडा नम्बर ५ का बिन्दी साह, कुलानन्द यादव लगायतकाले बोल्दै अधिकार प्राप्तिको लागि आन्दोलनमा जानुको बिकल्प नरहेको बताए ।

जिल्ला समिती सदस्य बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष बद्री अरगरियाले गरे । सोही कार्यक्रममा बिरेन्द्र कुमार मिश्राको अध्यक्षतामा ३१ सदस्य समाजवादी पार्टी तिरुहुत गाउँपालिका गठन गरिएको जनाएको छ ।

प्रतिक्रिया